विषय सूची
) राजनीतिक कित्तामा कलाकार
) भारतय सुन्दरीको नेपाली क्याटवाक
) इशाको छलाङ
) सिन्डी लपर
) अविरल यात्रा 
) बैसाखीमा संगीतयात्रा
)

हलिउडका फिल्म

) व्यापार घटे पनि बढ्दै एल्बम
)

दशैं-तिहार ताक्दै सिनेमा 

) इभेन्टमा मस्त पोखरा
)

हिट्स अफ मन्थ

) स्वाद गजलको

 
 

 स्वाद गजलको  

साउन महिनाको शनिबार नेपालगन्जको न्युरोडस्थित होटेल ताजको हल खचाखच भरिएको थियो, सुरक्षा अधिकारीदेखि विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति पुगेका थिए त्यहाँ। होटेलपरिसरमा सुरक्षाकर्मी खटेको दृश्य देख्ने जोकोहीले यहाँ विशेष कार्यक्रम सञ्चालन भएको अनुमान गर्न सक्थे उपस्थिति कुनै सभासम्मेलन वा बैठकका लागि थिएन त्यहाँयी सबैलाई तानेको थियो केवल गीतसंगीतले

त्यस दिन बाँकेका उद्योगी, व्यापारी, शिक्षाविद्, राजनीतिज्ञदेखि कर्मचारी वरिष्ठ सुरक्षाअधिकृतसम्म त्यहाँ थिए स्थानीय अन्तराल नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रम घण्टा १५ मिनेटसम्म सञ्चालन भयो अन्तराल सांगीतिक शृंखला नाम दिइएको कार्यक्रममा युवा गजलकार नादिर शर्माले लेखेका १६ वटा गीतगजल गायकगायिकाले प्रस्तुत गरेका थिए उक्त शृंखलाअर्न्तर्गत प्रत्येक महिना यस्तो कार्यक्रम गरिने आयोजक संस्थाले जनाएको

धेरैजसो दर्शकले निर्धारित समयमै कार्यक्रम शुरू भएकोमा आयोजकलाई धन्यवाद दिए टिकटमै लेखिएको थियो- ँकार्यक्रम ठीक समयमा शुरू हुनेछ तैपनि धेरैजसो दर्शक ढिलो आइपुगे शुरू हुने समय (५ः३० बजे बेलुकी) सम्म हलभित्र बढीमा १५ जना दर्शक मात्र छिर्न भ्याएकोमा पछि करिब सय दर्शक पुगेका थिए गायक दीपक सल्मानीले ँताजमहलमा रङ बोलको गजल गाएर कार्यक्रमको शुरुआत गरेका थिए

प्रत्यक्ष संगीत रहेको उक्त कार्यक्रममा गाइएका सबै गजल तथा गीतमा गायक सल्मानीले नै संगीत भरेका हुन् उनी लामो समय काठमाडौं चीनको ल्हासामा बसेर गायनमा सक्रिय रहँदै आएका थिए सल्मानीलाई गायिकाद्वय शीतल योञ्जन नम्रता पन्तले साथ दिए

स्थानीय रेडियो कृष्णसार एफएमले प्रत्यक्ष प्रसारण गरेको उक्त कार्यक्रममा प्रस्तुत गजलहरू नादिर शर्माको गजलसंग्रह ँअलिअलि मर्ूर्च्छना, अलिअलि होसबाट छनोट गरिएका थिए उक्त पुस्तक मध्यपश्चिम स्रष्टा समाजले प्रकाशन गरेको हो

कार्यक्रममा नादिर शर्माले भने- ँआज अति नै खुसी छु, व्यक्त नै गर्न सकिरहेको छैन एकपछि अर्को गजल गाइँदा हलमै उपस्थित शर्माकी आमाले आँसु झारिरहिन्

नादिर शर्मा भन्छन्- ँ१- वटा गजल गाइए होलान् तर एउटै व्यक्तिले लेखेका नेपाली गजलको एकल गायन पहिलो पटक हो उनी थप्छन्- ँयस कार्यक्रमले निरन्तरता पाओस्

कार्यक्रम हेरेपछि लोकगायक कमल बीके निर्मोही भन्छन्- ँनेपालगन्जमा यस्तो शैलीको कार्यक्रम यति व्यवस्थित आजसम्म भएको थिएन, यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्छ ।सर्र्खेतको वागीना समूहका वाद्यवादकहरूको प्रत्यक्ष संगीत प्रस्तुतिले कार्यक्रममा जीवन्तता थपेको थियो

अन्तरालले आगामी शृंखलामा गायक प्रेमप्रकाश मल्लका गीत प्रस्तुत गर्ने भएको                 - टीएस ठकुरी/नेपालगन्ज

 

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.