विषय सूची
) भुवनको विदेशी कमाइ
) .समलिंगी भेषमा भेटिए राजेना
) अजम्बरी संगीत
)

सोनम सुशील

) पेटरो
) हिट्स अफ द मन
)

हेमन्त फेरि आए आफ्नै मन्दिर लिएर

 
 

हलिउड कलाकारहरूले बलिउड फिल्ममा आँखा लगाइरहेका बेला बलिउड कलाकार भने नेपाली फिल्मप्रति लोभिएका छन् फिल्म भए झनै राम्रो नत्रभने नेपाली म्युजिकभिडियोसम्ममा भए पनि देखिने रहर उनलाई उनी हुन् एक्स आसिकी ब्वाय राहुल राय १९ वर्षघि आसिकी नामक हिन्दी चलचित्रबाट राहुलले बलिउड फिल्ममा पदार्पण गरे, त्यतिखेर उनका आसिक बन्ने युवायुवती हजारौं थिए दायाँबायाँ लामो शैलीले कोरिएको हेयर स्टाइलका साथ आसिकीमा क्रेजी आसिक बनेर देखिएपछि राहुलले राम्रै क्रेज कमाएका थिए भारतीयका साथ नेपाली आसिकहरूलाई पनि आफनो आसिक बनाउन सफल उनै आसिकी ब्वाय राहुल राय नेपाली फिल्म म्युजिकभिडियोप्रति लोभिएका हुन्

 

नारायणको कोठामा नेपाली च्यानल यति लाउड साउन्डमा चलिरहेको हुन्छ कि मलाई त्यसले तान्ने गर्छ

त्यस कारण पनि नेपाली प्रोजेक्टमा काम गर्न लालायित भएको हुँ  

 

भारतीय टेलिभिजन च्यानलको रियालिटी शो बिग बोसको गत वर्षा विजयी यी बिग बोस इसपिङसम्बन्धी एक कम्पनीको बोस सद्भावनादूत बनेर व्यापारका लागि नेपाल छिरेका छन् वनस्टप सप नामक उक्त इसपिङ सफटवेयरको शेयर होल्डर भएका कारण आफनो व्यापार बढाउन वा बलिउडका फिल्मबाट फुर्सदसिबाय केही काम नभएर पनि होइन, उनी नेपाली फिल्म भिडियोप्रति लोभिएको ँजब मैले आसिकी खेलें भारतबाट प्रशस्त माया पाएँ, नेपालबाट हजारौं चिठी पाएँ नेपालमा पनि मेरा फयान प्रशस्त छन्’, शालीन मिजासिलो स्वभावका यी स्टाइलिस्ट हिरो कामनासँग भन्दै थिए- ँम तिनै मेरा नेपाली फयानका लागि नेपाली मुभी अथवा म्युजिकभिडियोमा काम गर्न चाहन्छु

तीन दर्जन फिल्म खेलिसके पनि आसिकीमा जस्तो यादगार पर्फर्मेन्स तथा फिर तेरी कहानी याद आईमा जस्तो स्मरणीय काम देखाउन नसकेका राहुलले आफनो व्यापार प्रवर्द्धनका क्रममा काठमाडौं आएका बेला नेपाली प्रोजेक्टमा काम गर्ने आफनो इच्छा सुनाउँदा धेरैले भनेछन्- ँबलिउडमा जस्तो पैसा यहाँ छैन यही प्रसंग जोड्दै राहुलले भने- ँबलिउड आर्टिस्ट भन्नासाथ यसले धेरै पैसा लिन्छ, सोचिँदो रहेछ तर राम्रो प्रोजेक्टका अगाडि पैसा ठूलो कुरा होइन भाषा पनि समस्याको कुरा हुन्न राम्रो प्रोजेक्ट भने पैसाको मुख हेर्दिनँ राहुलले भने- ँनेपाली प्रोजेक्टमा काम गर्ने इच्छा पहिलादेखि नै , खबर नआएर मात्र हो ग्लोबल्ली जाने, फेस्टिवलमा जाने, कम्पिटिसनमा भिड्ने फिल्मबाट कुरा आयो भने अहिले नै खेल्छु उनको एक मात्र र्सत थियो- ँप्रोजेक्ट सस्तो-महँगो जे होस्, मतलबको कुरा भएन तर इन्टरनेसनल स्ट्यार्न्र्डडको हुनुपर्छ

राहुलले कामनासँगको कुराकानीमा मात्र होइन, आफनो कम्पनीको नेपाल शाखाको उद्घाटनका क्रममा समेत नेपाली प्रोजेक्टमा काम गर्न चाहेको कुरा दोहोर्याइरहे यसको पनि कारण रहेछ राहुलले नै कारण खोले- ँम नेपाल आएको फर्स्ट टाइम हो तर नेपालका बारेमा धेरै जान्दछु दश वर्षेखि मेरो, परिवारको मेरो घरको देखभाल गर्ने नारायण जो , ऊमार्फत नेपालबारे धेरै कुरा थाहा पाइरहन्छु नारायण हाम्रो फेमिली मेम्बर हो, उसकै कारण मेरो घरमा नेपाली टेलिभिजन च्यानल पनि चल्छ फुलेको रौं देखिएको छातीको र्सट मिलाउँदै राहुलले उत्साहित हुँदै सुनाए- ँनेपाली च्यानलमार्फत नेपाली फिल्म, फिल्मी गीत, म्युजिकभिडियो हेर्ने गरेको छु नारायणको कोठामा नेपाली च्यानल यति लाउड साउन्डमा चलिरहेको हुन्छ कि मलाई त्यसले तान्ने गर्छ त्यस कारण पनि नेपाली प्रोजेक्टमा काम गर्न लालायित भएको हँु

आफनो जमानाको सुपरहिट हिरो भए पनि पछिल्लो समयमा माथि आउन नसकेका कारण पनि उनमा नेपाली प्रोजेक्टमा काम गर्ने लालसा पलाएको हो कि - प्रश्नमा राहुल रिसाएनन्, मुसुक्क हाँस्दै आँखैनिर आइपुगेको कपाललाई माथि पन्छाउँदै भने- ँहोइन, होइन कामैको कुरा गर्नुहुन्छ भने मलाई अहिले पनि कामको खाँचैचाहिँ छैन अहिले पनि वर्षा दुइ-तीनवटा फिल्म गरिरहेको छु तर नेपाली फयानका लागि नेपाली प्रोजेक्टमै आउने इच्छा राहुलले आफनो रिलिजमा रहेका चलचित्रका नामै सुनाइदिए- ँमराठी भाषाको ठूलो फिल्म आउँदै छावा, जसमा एआर रहमानले संगीत दिएका छन् हिन्दी भाषाका अदा मेरा बचपनको रिलिज पनि कुरिरहेको छु अदा केही समयअगाडि मात्र रिलिजमा आई पनि सकेको यो फिल्म हिन्दी अंग्रेजी दुइ भाषामा बनेको

त्यसो जो पनि विदेशी कलाकार नेपाल आउँछन्, सबै जना नेपाली फिल्मप्रति मोहित भएको बताएर नेपालीलाई मक्ख पार्ने काम गर्छन् उनले पनि त्यही फर्मुला औपचारिकता पूरा गर्न खोजेका होइनन् - राहुल फेरि हाँसे भने- ँहोइन, रियल्ली नेपाल नेपालीलाई माया गर्छर् एउटा चिनो छोड्न चाहन्छु नेपाली प्रोजेक्टमा काम गर्ने मनदेखिकै चाहना नेपाली फिल्ममा खेल्न कसैले बोलाएन, त्यसैले बिजनेस गर्ने बहानामा भए पनि आएको छु बिजनेसबाट होस् या फिल्मबाट, जसरी पनि नेपाल नेपालीसँग नजिक रहन चाहन्छु

राहुलले आफनो बंगलाका नेपालीको कोठामा बसेर टेलिभिजन हेरेकै आधारमा नेपाली फिल्मकर्मीलाई कामनामार्फत गतिलो सल्लाह दिएका छन्- ँनेपालमा राम्रा फिल्ममेकर धेरै छन् तर नहडबर्डाईकन फेस्टिवलहरूमा समेत जाने स्ट्यार्न्र्डड फिल्म बनाउनुपर्छ व्यावसायिकतासँगै बजार दर्शक पनि बढाउनर्ुपर्छ

उनले कम्पनीको उद्घाटनका सिलसिलामा बोल्नका लागि ड्यासमा पुग्दा जानीनजानी नेपालीमा बोल्ने प्रयासका साथ सम्बोधन गरेका थिए- ँनमस्कार, जय नेपाल, जय हिन्द आफनो देशको जय भन्नुअगाडि नेपालको जय भनिसकेपछि नेपाली साथीभाइको सहयोग लिएर होला उनी नेपालीमै भन्दै थिए- ँमलाई नेपाल राम्रो लाग्छ, नेपाललाई माया गर्छर्ुु

आफनो देशभन्दा अगाडि नेपालको जय अनि नेपालीमा बोल्दै नेपालको माया लाग्ने कुरा गरेर राहुलले कार्यक्रमको मास आफनो वशमा पारेका थिए     - विदुर

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.