विषय सूची
) राजनीतिक कित्तामा कलाकार
) भारतय सुन्दरीको नेपाली क्याटवाक
) इशाको छलाङ
) सिन्डी लपर
) अविरल यात्रा 
) बैसाखीमा संगीतयात्रा
)

हलिउडका फिल्म

) व्यापार घटे पनि बढ्दै एल्बम
)

दशैं-तिहार ताक्दै सिनेमा 

) इभेन्टमा मस्त पोखरा
)

हिट्स अफ मन्थ

) स्वाद गजलको

 
 

नेपाली संगीतको व्यापारव्यवसाय चौपट भएको जस्तासुकै गायकगायिका वा गीतकार, संगीतकारका एल्बम बजारमा आउन्, बिक्रीका हिसाबले उत्साहित हुन सक्ने अवस्थै छैन सांगीतिक कार्यक्रमको क्रेज नै पहिलेजस्तो पनि लाग्छ संगीतकर्मीहरूको उत्साह जाँगर भने उस्तै बजारमा दिनानुदिन जुन हिसाबले अडियो क्यासेट तथा सीडी आइरहेका छन्, त्यसलाई ह्ेदा संगीतकर्मीहरूको लगन जोसलाई भने मान्नैपर्ने भएको

 

व्यापारव्यवसायका हिसाबले सांगीतिक अवस्था कमजोर देखिए पनि हरेक साताजसो नयाँ तथा पुराना संगीतकर्मीहरूको एल्बम बजारमा आइरहेको भदौ महिनामा मात्र नेपाली सांगीतिक क्षेत्रका चार हस्तीका नयाँ एल्बम र्सार्वजनिक भए

मैले अवार्ड पाउँछुपाउँछु’, गत महिनाको अन्त्यतिर राजधानीको आर्मी अफिर्सस क्लबमा इमेज च्यानलद्वारा नेपाली संगीतक्षेत्रलाई प्रोत्साहित गर्न आयोजित टुबोर्ग इमेज अवार्ड २०६६ शुरू हुनु केहीअगाडि मात्रै संगीतकार न्ह्यु वज्राचार्य ठट्टा गर्दै भन्दै थिए- ँपाइनँ भने खोसेर पनि लान्छु ठट्टैमा अवार्ड खोस्ने कुरा गरे पनि उनले त्यसो गर्नु भने परेन उनले नखोसीकनै मेरो प्यारो बोलको गीतबाट संगीतकारको अवार्ड हासिल गरे त्यसो पछिल्लो समयमा चर्चामा रहेका गायक शिव परियार पनि आफूले पाउनर्ैपर्छ भन्ने नठान्ने तर आशावादीचाहिँ हुने बताइरहेका थिए उनको आशा पनि निराशामा बदलिएन प्रमुख अवार्ड नै उनको हातमा पर्यो परियारले धेरैचोटि मरें बोलको गीतबाट पुरुषगायन विधाको अवार्ड चुम्न सफल भए

गायिका अञ्जु पन्त समारोहमा उपस्थित थिइनन् उनको अनुपस्थितिमै पनि कार्यक्रम हलमा उपस्थित दर्शकहरू भने महिलागायन विधाको अवार्डको नोमिनेसनको लिस्ट सुन्नेबित्तिकै अञ्जु पन्तको पक्षमा हुटिङ गरिरहेका थिए उनीहरूको हुटिङले रंग पनि ल्यायो बिर्सर्ेेतिमीलाई बोलको गीतबाट गत वर्षै सबैभन्दा कर्ण्र्ाा्रय गीतका साथ लोकप्रियता कमाउन सफल अञ्जुकै पोल्टामा गयो त्यो अवार्ड वर्षो एल्बम विधाको अवार्डका लागि भने अघिल्लो वर्षेखि अहिलेसम्म पनि उत्तिकै रुचाइएको यो गीतसहित अन्य गीत संगृहीत किरणकै पक्षमा थियो दर्शकको हुटिङ तर यहाँनिर आएर दर्शकको अनुमान मिलेन यो अवार्डचाहिँ केही महिनाअघि मात्र बजारमा आएको उद्योगपति वसन्त चौधरीको रिफ्लेक्सन अफ लभ एल्बमले पायो धेरैजसो विधाका अवार्डमा दर्शकको अनुमान अवार्ड विजेता मिले पनि केही विधामा भने अनुमानविपरीतको परिणाम आयो वर्षो गीत विधाका लागि मनोनयनमा परेका अञ्जु पन्तको बिर्सर्ेेतिमीलाई, शिव परियारको धेरैचोटि नरेन्द्र प्यासीको तिमीले दिने मायाजस्ता गीतका पक्षमै थिए संगीतप्रेमी त्यसमा पनि सबैभन्दा बढी हुटिङ बिर्सर्ेेतिमीलाईको पक्षमा देखिन्थ्यो सबैको अनुमान हुटिङका विपरीत अवार्ड भने स्कुल-पाठशाला गीतबाट सुगम पोखरेलले पाए उता अमेरिकादेखि लोकप्रियता कमाउँदै नेपाल प्रवेश गरी छोटो समयमै स्थापित हुन सफल नेप्लिज अमेरिकन ब्यान्ड भाइब्ज म्युजिकभिडियो समूहगायन गरी दुइ विधाको मनोनयनमा परेको थियो यो विधाको मनोनयनसूची सुनाइनासाथ सञ्चारकर्मीहरू नै सो ब्यान्डको पक्षमा हुटिङ गरिरहेको रमाइलो दृश्य पनि देखिन्थ्यो सो ब्यान्डले अवार्ड भने समूहगायनको विधामा पायो अवार्ड समारोहमा सरिक हुन केही समयदेखि काठमाडौंमै रहेका ड्रमर दिरेकलाल श्रेष्ठलाई साथ दिन गिटारिस्ट रूपक लामा भोकलिस्ट प्रइन अमेरिकादेखि नेपाल आएका थिए समूहगायनको पुरस्कार ग्रहण गर्न उनीहरू तीनै जना मञ्चमा उक्लिएका थिए भाइब्ज प्रतियोगितामा भिडेको शुरूमै अभया एन्ड स्टिम इन्जुम नेप्सेडाइजजस्ता ब्यान्डसँगको स्पर्धामा आफूलाई सर्वोत्कृष्ट साबित गर्न सफल भयो

हरेक वर्षप्रदान गरिँदै आएको यसपालिको ११औं टुबोर्ग इमेज अवार्ड यसै गरी संगीतप्रेमी दर्शकको धेरैजसो अनुमानलाई सही केहीलाई फरक साबित गर्दै सम्पन्न भयो कुल  २२ विधामा प्रदान गरिएको अवार्डमा र्सवाधिक १३ विधाका लागि मनोनयनमा परेको उद्योगपति वसन्त चौधरीको एल्बम रिफ्लेक्सन अफ लभले वर्षो सर्वोत्कृष्ट एल्बमसहित पाँच विधामा अवार्ड हासिल गरी आफ्नो आधिपत्य जमाउन सफल भयो अवार्डमा कादम्बिनी एल्बमको धेरैचोटि मरेँ बोलको गीत उत्कृष्ट गायक, गीत, रचना, एल्बम म्युजिकभिडियोलगायत विधाको मनोनयनमा रहे पनि दुइ विधामा तथा विधामै परेको उपमा चार विधामा परेको किरण एल्बमलाई एकएकवटा अवार्ड मात्र हात लाग्यो

रमाइलै कुरा भन्नुपर्छ, आधुनिक पपगीत गाउँदै आएका गायक राजेशपायल र्राईले यसपालि लोकगीतको विधाबाट अवार्ड जिते भने संगीतकार आलोकश्री म्युजिकभिडियोको अवार्ड विजेता बने

समारोहमा दशकदेखि गीतलेखनक्षेत्रमा निरन्तर योगदान पुर्याएबापत गीतकार रत्नसमसेर थापालाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो उनलाई सो अवार्ड प्रदान गरिँदा प्रेक्षालयमा तालीको गडगडाहट गुञ्जायमान् भएको थियो भने सबैले स्वतःस्फूर्त रूपमा आफ्नो कर्ुर्सर्ीीट उठेर उनीप्रति सम्मान दर्सर्ााा थिए लोकगायक कुमार बस्नेतलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो त्यसै गरी मैथिली, तामाङ नेपालभाषाको गीतसंगीतक्षेत्रमा योगदान पुर्याएबापत क्रमशः गुरुदेव कामत, चन्द्रकुमार मोक्तान रामकृष्ण दुवाललाई सम्मान प्रदान गरिएको थियो सो अवसरमा हिमाल आरोही आप्पा शर्ेपालाई वर्षुरुषका रूपमा सम्मान गरिएको थियो भने विभिन्न एजेन्सीलाई पनि पुरस्कृत गरिएको थियो कार्यक्रममा आयोजक इमेज च्यानलका अध्यक्ष आरके मानन्धरले गीतसंगीतक्षेत्रको विकास विस्तारका लागि इमेज अवार्डको आयोजना गर्दै आएको बताए

कार्यक्रममा कुटुम्ब ब्यान्डको परम्परागत संगीत प्रस्तुति, कुन्ती मोक्तानको सदाबहार गीत, राजेशपायल र्राईको दर्शन-नमस्ते, अनिल शाही उनको समूहको फयुजन संगीत, राम श्रेष्ठको राजमती कुमती बोलको नेपाली संस्करणसहितको नेवारी गीत, एडि्रन प्रधान, राजु लामा, कबवेब सिने गुरुङको गीतसंगीतको प्रस्तुतिले अवार्ड समारोहलाई संगीतमय बनाएको थियो

सुरज श्रेष्ठ, विवेकराज सिंह, नरेश भट्टर्राई, महिमा भट्टर्राई ज्योतिद्वारा रमाइलो शैलीमा सञ्चालित समारोहमा अवार्ड विजेताहरूलाई आयोजक च्यानलका अध्यक्ष आरके मानन्धर, उपाध्यक्षद्वय इन्दिरा मानन्धर मोहनचन्द्र सिंह, पर्ूवप्रधानसेनापति रुक्मांगद कटवाल, नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झा, विज्ञापन एजेन्सी संघका अध्यक्ष निर्मलराज पौडेल, उद्योगपति राजेन्द्र खेतान, गोरखा ब्रुअरीका आशिष विष्ट, डा. भोला रिजाल तथा कलाकर्मीहरू दर्ुगालाल श्रेष्ठ, योगेश वैद्य, फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, दिनेश अधिकारी, यादव खरेल, सुनील थापा, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, करिस्मा मानन्धर, रेखा थापा, देविका वन्दनालगायतले अवार्ड प्रदान गरेका थिए

- विदुर गिरी

 

विधा विजेता

पुरुषगायनः शिव परियार (धेरैचोटि मरें )

महिलागायनः अञ्जु पन्त ( बिर्सर्ेेतिमीलाई)

वर्षो एल्बमः रिफलेक्सन अफ लभ

वर्षो गीतः स्कुल-पाठशाला (सुगम पोखरेल)

गीतरचनाः वसन्तकुमार चौधरी -तिमीलाई जब)

संगीतः न्ह्यु वज्राचार्य -मेरो प्यारो)

पुरुष पपगायनः सनुप पौडेल (त्रि्रो देशैमा)

महिला पपगायनः सिने गुरुङ (मेरो प्यारो)

रकगायनः एडि्रन प्रधान (आकाशैको)

समूहगायनः भाइब्ज ब्यान्ड (थाकिसके)

वर्षो लोकगीतः बल्ल भेट भो (राजेशपायल र्राई)

वर्षो दोहोरी गीतः लालुपाते (राजु परियार विष्णु माझी)

चलचित्रगीतः वसन्त सापकोटा (सागरसरि, सिलसिला)

संगीतसंयोजः महाराज थापा (लाजको लाली)

वर्षो रर्ेकर्डः कृष्ण महर्जन (लाजको लाली)

नवगायिकाः श्रेया सोताङ

राष्ट्रिय भावनाको गीतः यहाँ देशको चिन्ता

म्युजिकभिडियोः लाजको लाली (आलोकश्री)

म्युजिकभिडियो निर्देशकः प्रसन्न पौडेल (धेरैचोटि)

म्युजिकभिडियो छायाकारः पुरुषोत्तम प्रधान (गुराँस फुल्दा)

म्युजिकभिडियो सम्पादकः प्रकाश तुलाधर (मेरो प्यारो)

म्युजिकभिडियो स्पेसल इफेक्टः भरत रेग्मी (एक छिन बरालिँदा)

 

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.