हिट्स अफ द मन्थ प्रहरीद्वारा झरनाको खानतलासी
भएछ के भने नायिका झरना थापा चलचित्र तिमी मात्र तिमीको सुटिङ गरिरहेकी थिइन् । सुटिङको सिन थियो- अर्की नायिका नन्दिता केसीलाई किडन्याप गरेर गाडीमा हाली कन्चटमा पेस्तोल तेर्स्याएर लाने । सुटिङका लागि सबै तयारी पूरा भएपछि निर्देशकको निर्देशनमा उनले त्यसै गरिन् । चोभारको डाँडानिर पुग्ने बेलामा अचानक साइरन बजाउँदै प्रहरीको भ्यान उनको गाडीलाई ओभरटेक गरेर अगाडि आएर तर्ेर्सियो । भ्यानबाट ह्वारह्वार्ती बाहिर निस्केका प्रहरीले झरनाको गाडीको ढोका खोल्दै उनलाई नियन्त्रणमा लिए र नन्दितालाई अर्कोपट्ट िलगे । झरना त यो सब देखेर नर्भस भइन् नै, नन्दिता पनि आत्तिइन् । उनीहरूको कुरै नसुनी प्रहरी झरनाको खानतलासी लिन थाल्यो । यति सब भइसकेपछि सो चलचित्रका निर्देशक योगेश घिमिरेलगायतको युनिट नजिकै गयो र सुटिङ भएको जानकारी दिएपछि प्रहरी टोली हाँस्दै त्यहाँबाट गयो ।साँच्चिकै अपहरण हुँदा प्रहरी समयमा पुग्न नसके पनि सुटिङ युनिटलाई पछ्याउँदै जसरी त्यहाँ पुग्यो, त्यसको प्रशंसा नै गर्नुपर्छ । होइन र -
कहाँ भेटिएला हेरेर कदम फिर्ता
साथीभाइ र शुभचिन्तकले उज्ज्वल र केशवलाई सल्लाह दिए- शिव रेग्मीको -निर्देशन) फिल्मसँग नजुधाउनोस् । उज्ज्वलले भने कुरो सुन्नेबित्तिकै नाक खुम्च्याए । उनको भनाइ थियो- ँशिव रेग्मीको फिल्म भन्नासाथ डराउनुपर्ने के कुरा छ र- हामी पनि कम होइनौं नि- उज्ज्वल घिमिरेले बनाएको फिल्म पनि चल्छ ।’ तैपनि सम्झाउनेहरू चुप लागेनन्, उज्ज्वलले यो कुरालाई नकारिरहे । यस्तैमा कहाँ भेटिएला काठमाडौंमा लाग्ने भयो । उज्ज्वल घिमिरे त्यसको फर्स्ट शोको अतिथि नहुने कुरै भएन । अतिथिका रूपमा उनले ध्यानपर्ूवक पूरै फिल्म हेरे । बाहिर निस्केपछि फिल्मका बारेमा मूल्यांकन हुन थाले । धेरैले फिल्मको तारिफ गरे । उज्ज्वलको मुखबाट भने न तारिफ आयो न आलोचना नै । त्यही माहोलमा कसैले प्याच्च सोधिदियो- ँफिल्म चलाउने कुरा के भो त-’ उज्ज्वल आफनो सधैंको पारामा गजक्क फुले र भने- ँफिल्म लाग्छ, नलाग्ने त कुरै छैन ।’ उनले जे भने पनि उनी छोडिगए पाप लाग्लाका निर्माता त थिएनन् । निर्माताले भने बाहिर जिल्लामा कहाँ भेटिएलासँग जुधाएर आफनो फिल्म चलाउनु मनासिब देखेनन् । त्यसैले फिल्मको रिलिज डेट सारियो । उज्ज्वल फुलेको कामै लागेन । लाग्यो त डाइरेक्टर सा’प -
विराज र निखिलको स्पर्धा
जस्तो कि अघिल्लो वर्षभारतका नेपालीमाझ भएको एउटा सांस्कृतिक कार्यक्रममा नायक भट्ट सरिक भए । सो कार्यक्रमका लागि आफूलाई अफर आउनासाथ विराजले नायिका जेनिसा केसीलाई पनि आफूसँगै बोलाउन रिफर गरे । आयोजकले उनको कुरा मानेर विराजसँगै जेनिसालाई कार्यक्रममा प्रस्तुत गरे । यसपालि मुर्म्बईमा केहीअगाडि सम्पन्न सांस्कृतिक कार्यक्रममा भाग लिन निखिल उप्रेतीलाई निम्तो आयो, उनले पनि नायिका सञ्चिता लुइँटेललाई रिफर गरिहाले । चलचित्रक्षेत्रमा कलाकार-कलाकार वा प्राविधिक-प्राविधिकबीच स्पर्धा हुनु नराम्रो कुरा होइन तर यस्तै स्पर्धा स्तरीयता र गुणस्तरका लागि पनि भइदिए कति राम्रो हुन्थ्यो होला हगि - डेटिङमै डराउने हिरो
नायक सुमन सिंहले यो कुरा सायद राम्रैसँग बुझेका छन् । जसरी हुन्छ उनलाई चर्चामा आउनै छ । त्यसैले हिजोआज उनी खुलमखुला आफनो प्रेम, प्रेमिका र डेटिङका बारेमा बयान गर्न थालेका छन् । ँधेरै त के भन्नु मेरो वन्ली वन लभ छिन्’, सुमनले हालै कहीँकतै भनेका छन्- ँउनी मेरो क्षेत्रकी होइनन् तर म फिल्ममा आएदेखि नै उनीसँग मेरो डेटिङ चलिरहेको छ, अफर छ ।’ सुमनले आफनी प्रेमिकाका बारेमा धेरथोक भन्न नचाहे पनि यत्ति भनेका छन्- ँउनीसँग पहिलोपटक डेटिङ गर्दा उनीभन्दा म बढी नर्भस थिएँ ।’ डेटिङमै गइसकेपछि नर्भसचाहिँ किन भएको मिस्टर हिरो - नयाँ मान्छेसित पहिलो डेटिङमै कन्पिmडेन्ट्ली कुराकानी र अन्य गतिविधि गर्दा कहीँ पुरानो डेटिङको पोल खुल्छ भनेर त होइन - यो पनि राम्रो फर्मुला हो तर नयाँचाहिँ होइन है । लिप्सकिस दिने, फोटो लुकाउने ?
राजधानीबाहिर प्रदर्शनमा समेत आइसकेको सो चलचित्रमा हमालले नायिका नन्दिता केसीसँग गाडी चलाएर फर्किने क्रममा अचानक बीच सडकमै गाडी रोकेर नन्दिताप्रति कामातुर हुँदै मस्तले अधरचुम्बन गरेको दृश्य दिएका छन् । नन्दिताले पनि राजेशको चुम्बनलाई खुसीसाथ स्वीकारेकी छिन् । त्यस क्रममा यौनातुर भएको भाव पनि प्रस्तुत गरेकी छिन् । रमाइलो कुराचाहिँ के भने हलहलमा पुगेको सो दृश्यलाई उनले मिडियामा नदिन निर्माणसमूहलाई दबाब दिइन् । यो के - खुसीखुसी चुम्बनचाहिँ दिने, फोटोचाहिँ लुकाउने मिस नन्दी - दीपालाई नसोध्नोस् है तौल
यही कारण पनि नायिकाहरू उमेरका बारेमा आफूलाई कसैले नसोधोस् भन्ने चाहन्छन् । एउटालाई एकथरी र अर्कोलाई अर्को थरी उमेर भनिरहेका भए पनि खासमा उमेरका बारेमा मुख नखोल्नुमै बुद्धिमानी सम्झन्छन् नायिकाहरू । यो कुरासँगसँगै अब यो पनि जानिराख्नोस् की अभिनेत्री दीपाश्रीलाई भने उमेरसँगै तौल सोध्नु पनि र्व्यर्थ छ । उनी आपैँm भन्छिन्- ँनायिकाको उमेर नसोध्नू भन्छन्, मलाईचाहिँ वेट पनि नसोध्नोस् है ।’ तितो सत्यमा चिटिक्क परेर देखिने दीपाश्रीले आफू अचाक्ली मोटाउन थालेपछि तौलका बारेमा मुख खोल्न बन्द गर्न थालेकी हुन् । उनको आफनै तर्क हुने गर्छ- ँखानै नपाएजस्ती ख्याउटी भएर बस्नुभन्दा त डम्म मोटाएकै राम्रो नि । होइन र-’ हुन त होला मिस तर मोटाउँदामोटाउँदा टेलिभिजनमै नअट्ने भइयो भनेचाहिँ के गर्ने नि -
आफ्नै कार्यक्रम भुले भण्डारीले
केही समय अमेरिका बसी केही समयअघि नेपाल फर्केका उनी यसपालि गाईजात्राको अवसरमा राजधानीमा आयोजित गाईजात्रे कार्यक्रममा प्यारोडी गाीत गायकका रूपमा प्रस्तुत थिए । हाजमोला तितेजिरे मेरिबास्सै गाईजात्रा कार्यक्रम गाईजात्राको दिनदेखि लगातार १८ दिनसम्म आयोजना गरिएको थियो । १८ दिनसम्म हरेक साँझ एक-एक शो त छँदै थियो । त्यसबाहेक जुन-जुन दिन र्सार्वजनिक बिदाको कार्यक्रम पथ्र्यो, त्यो-त्यो दिन दिउँसो अतिरिक्त शोको समेत व्यवस्था गरिएको थियो । तर एक दिन दिउँसोको शोमा टीका आएनन् । सबैले खोजी गरे तर उनी एकैचोटि साँझको शोमा टुप्लुक्क आइपुगे । सबैले सोधे- ँके हो दिउँसोको शोमा आउनुपर्दैन - किन नआएको -’ टीकाले सामान्य ढंगले जवाफ दिए- ँआउनुपर्ने, हेर्नोस् न मैले त आज दिउँसोको शो पनि छ भन्ने कुरा त भुसुक्कै बिर्से ।’ त्यत्रो दर्जनौं कमेडी कलाकारले प्रस्तुति दिने कार्यक्रममा हरेक दिन, हरेक शोमा आउन अरू कसैले नबिर्सने, केवल टीकाले बिर्सने - लाटो देशमा गाँडो तन्नेरी भन्ने उखान बूढापाकाले यस्तै बेलाका लागि त बनाएका होइनन् भनेर कसैले भन्यो तपार्इं के जवाफ दिनुहुन्छ मिस्टर भण्डारी ?
उज्ज्वल र नरेशको एउटै कहानी
जस्तो हेरौं न, पछिल्लो समयमा उज्ज्वल र नरेशले सँगसँगैजसो फिल्म बनाए । फरक यति हो, उज्ज्वलले केशव भट्टर्राईको लगानीमा फिल्म बनाए, नरेशले आफनै लगानीमा । उज्ज्वलले छोडिगए पाप लाग्ला बनाए भने नरेशले दीपशिखा । दुवैको फिल्म लभस्टोरी । समानता यतिमै मात्र सीमित थिएन, उनीहरूले बनाएको फिल्मको स्रोत र सोच पनि उस्तैउस्तै पर्न गएको रहेछ । उज्ज्वलले छाडिगए पाप लाग्लालाई हिन्दी फिल्म प्यार तो होना ही थाबाट ताने भने नरेशले दीपशिखाको कहानी दिलवाले दुल्हनियाँ ले जाएंगेबाट लिए । उज्ज्वलले एउटा दृश्य कृत्रिम पानी पारेर सुट गरे, नरेशको फिल्ममा पनि त्यही कुरा थियो । आफूहरूबीचका फिल्ममा यीलगायतका धेरै समानता छन् भन्ने कुरा स्वयम् उज्ज्वल र नरेशलाई पनि थाहा छैन । त्यसैले उज्ज्वलले साथीभाइसँग कुरा गर्दा ँनरेशले दिलवाले दुल्हनियाँ ले जाएगेंबाट कपी गर्या त हो नि’ भन्ने गर्छन् भने नरेश पनि साथीभाइसँग ँउज्ज्वलले प्यार तो होना ही थाबाट कपी गर्या त हो, के फुर्ती गर्छ’ भन्ने गर्छन् । कुरा सुन्नेहरूलाई चाहिँ चिट्ठै परेको छ । कमसेकम फोकटमा पहिले नै फिल्मको कहानी त थाहा पाउन पाइएको छ - कि कसो ब्रोहरू -
भूतले खेद्यो रेखालाई
ननिदाएको बेलाका रेखाका हरेकजसो सपनारूपी महत्त्वाकांक्षा पूरा हुँदै आएका छन् । उनको जपनाको सपना थियो- काठमाडौं गएर फिल्म खेल्न पाइयोस्, जो पूरा भयो । ड्याडी भन्ने गरेका निर्माता छवि ओझासँग बिहे गर्ने सपना थियो, त्यो पनि साकार भयो । नेपाली चलचित्रक्षेत्रमा एक नम्बरको हिरोइन बन्न पाइयोस् भन्ने कामना गरेकी थिइन्, चलचित्रक्षेत्रले त्यो पनि पूरा गरिदियो । सबै सपना पूरा भएपछि अब निदाएका बेलासमेत सपना नदेख्नुपर्ने हो तर उनी सपना देखिहाल्छिन् । पहिलेपहिले मस्तले निदाएका बेला हिरोइन बनेको सपना देख्थिन् रे, त्यो बिपनामा परिणत भयो । केही समयदेखि उनी अजिबअजिब सपना देख्न थालेकी छिन् । उनी कहिले भूतले लखेटेको सपना देख्छिन् त कहिले र्सपले खेदेको, कहिले बाघले टोक्न आएको सपनाले डराउँछिन् त कहिले त्योभन्दा पनि भयानक सपनाले उनको न्रि्रा खलबलिन्छ । डर के छ भने हिजोका दिनमा हिरोइन बनेको सपना देखेकी उनका अहिलेका पछिल्ला सपना पनि मिले भने ?
|
| |
|
| |
|