युवापुस्तालाई बढ्दो फेसनले भुलाउँदै लगेको छ भने बालबालिकासमेत यसबाट अछुतो रहन सकेका छैनन् । बालबालिकासम्बन्धी बालप्रतिभा प्रस्फुटन गराउन आयोजित कार्यक्रमले उनीहरूलाई समेत र्याम्पमा उत्रिन थप ऊर्जा दिएको छ । ँपोखरामा विगतको तुलनामा ट्यालेन्ट कन्टेस्ट बढी हुन थालेका छन्, द लुक्स फेसनहोमका निर्देशक रवीन्द्र वज्राचार्य भन्छन्- ँट्यालेन्ट कन्टेस्टले युवापुस्तामा फेसन र मोडलिङप्रति अभिरुचि जगाएको छ । समयसँगै बदलिन प्रयासरत युवाहरूलाई फेसनले उत्तिकै मोहित तुल्याएको छ । हँसिलो अनुहार र कसिलो जीउडाल अनि उस्तै पहिरनमा सजिँदै स्टेजमा क्याटवाक गर्दै अभिवादन गर्दा युवाजमात भुतुक्कै हुन्छन् । पोखरामा एक महिनाको अवधिमा मिसेज तीज कन्टेस्ट, मिस कल्चर, मिस आदिवासी जनजाति तथा लिटिल स्टार, लिटिल किडक्विनलगायतका कार्यक्रम भएका थिए । विद्यालयमा अध्ययनरत बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन द लुक्स फेसनहोमले समयसमयमा ट्यालेन्ट कन्टेस्ट गर्दै आएको छ । यसले पनि बालबालिकालाई मनोरञ्जनप्रति आकषिर्त गर्दै लगेको देखिन्छ । स्कुले बालबालिकादेखि विवाहित महिलाको समेत कम्पिटिसनले सबै उमेरसमूहलाई रोमाञ्चित बनाएको छ । सबै उमेरसमूहकाहरू आफनो उमेरअनुरूपको प्रतियोगितामा सहभागी हुँदै हौसला थप्न पछि पर्दैनन् । फर्ुसदको समयलाई सदुपयोग गर्दै बालबालिका र विवाहित महिलाहरू यस्ता कार्यक्रममा सहभागी बन्दै आएका छन् । नेपाल राष्ट्रिय सौर्न्दर्यकर्मी युनियनले शृंगारमा व्यस्त रहने विवाहित महिलालाई लिएर मिसेज तीज पोखरा कन्टेस्ट गर्यो । ब्युटिसियनहरूबीच बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धालाई हर्टाई एकआपसमा चिनापरिचय र सम्बन्धविस्तारको लक्ष्यसहित पोखरामा पहिलोपटक विवाहित महिलाहरूको ट्यालेन्ट कन्टेस्ट गरिएको थियो । आफनै वेशभूषामा सजिँदै जातीय पहिचानका लागि पोखरामा मिस कल्चर आयोजना गरियो । विगतभन्दा फरक शैलीमा आयोजित कार्यक्रमले नयाँ पुस्तालाई आफनो संस्कृतिको वास्तविक पहिचान दिलाएको थियो । आधुनिकताको नाममा पुरानो भाषा हराउँदै गएको छ । त्यसलाई संरक्षण गर्न र नेपाली मौलिकतालाई जगर्ेना गर्न फेसनहोमले पहिलोपटक मिस कल्चर आयोजना गरेको थियो । मिस कल्चरमा सहभागीहरूले आफनै भाषामा दिएको परिचयले भाषाको संरक्षणमा थप टेवा पुगेको अनुभव गरिएको थियो ।
ँबालबालिकाको शिक्षासँगै आउट नलेजका लागि आयोजना गरिने विभिन्न कार्यक्रमले पनि बौद्धिक स्तर वृद्धि हुन्छ -फेसनहोमका निर्देशक वज्राचार्यको ठम्याइ छ । त्यसो त पोखरामा नयाँ-नयाँ खुलेका फेसनसम्बन्धी संघसंस्था एवं पठनपाठन केन्द्रले पनि युवतीहरूलाई आकषिर्त गरेका छन् । आफूलाई सफल र व्यावसायिक मोडल बनाउनर् इ मोडलिङतर्फकेन्द्रित हुने युवापुस्ताले स्टेज प्रोग्राममा आफूलाई उपस्थित गराउँदै आएका छन् । ँबालबालिकादेखि युवापुस्तासम्मले आफूलाई मोडलिङमा ल्याउन फोटोसेसन गराउने गरेका छन्, फोटोकर्मी सञ्जय शाक्यको भनाइ छ- ँविगतभन्दा सरल र सहज रूपमा लिइने हुँदा आकषिर्त हुनेको संख्या दैनिकजसो बढेका छन् । द लुक्स फेसनहोमले फेसनसम्बन्धी आवश्यक तालिमसमेत दिँदै आएको छ, जसले गर्दा पनि युवापुस्तालाई मोडलिङप्रति उत्साहित बनाएको छ । ट्यालेन्ट कन्टेस्ट आयोजनापर्ूव होमले एक हप्तादेखि डेढ महिनासम्म विभिन्न तालिमसमेत दिँदै आएको छ । तालिमले सहभागीहरूको आन्तरिक क्षमतामा निखार ल्याउने विश्वास वज्राचार्यको छ । ट्यालेन्ट कन्टेस्टसँगै भदौरे तीजले पोखराका विभिन्न स्थल निकै व्यस्त बनेका थिए । रमाइलो नेपालले पोखरामा दुइ पटक तीजे कार्यक्रममै नृत्य प्रतियोगितासमेत गरेको थियो । - धन बस्नेत
|
| |
|
| |
|