उनको पहिलो चलचित्र ँकधल कविथाइ’ हो, जुन तमिल भाषामा निर्माण गरिएको थियो । १९९८ को उक्त चलचित्रपछि कोपिकरका हिन्दीसहित चालिसवटा विभिन्न भाषाभाषीका चलचित्र निर्माण भइसकेका छन् । यीमध्ये कैयन् चलचित्र पुरस्कृत भएका छन् भने कैयन चलचित्रले राम्रो व्यापार गरेका छन् । र्याम्पमा क्याटवाक गर्ने र फेसन डिजाइनरका लागि मोडलिङ गर्न पछि नपर्नर्ेर् इशा इटालियन एक फेसन कम्पनीका लागि भारतीय प्रतिनिधिका रूपमा अझै पनि कार्यरत छिन् । जनावरको हकअधिकारका लागि खुलेर लागेकी उनी संगीत र टेलिभिजनमा काम गर्न रुचाउँछिन् । उनी जनावरको हकअधिकारका लागि प्रवक्ताका रूपमै काम गरिरहेकी छन् । चारवटा कन्नाड चलचित्रमा अभिनय गरेपछिर् इशा २००० मा करिस्मा कपुर र रितिक रोशनद्वारा अभिनीत खालिद मोहमदको चलचित्र फिजामा एकसाथ देखा परिन् । त्यसै गरी प्रकाश झाको राहुलमा उनी एक आइटम गर्लका रूपमा देखिइन् । त्यस्तै प्यार इस्क और मोहब्बत र आम्दानी अठनी खर्च रुपैयाँमा देखिएपछि उनी दर्शकको मात्र होइन, बलिउडमा अन्य निर्मातानिर्देशकको नजरमा पनि पर्न गइन् । यसरी उनको चलचित्रयात्राले निकै छलाङ मार्न थाल्यो । चलचित्रको यात्राको क्रमसँगै कोपिकर बलिउड कलाकारहरूका माझ निकै चर्चित बनिन् । स्टेजमा म्युजिक शो गर्ने मात्र होइन, उनका क्यासेटै बजारमा आइसकेका छन् । नृत्यमा दखल राख्ने कोपिकरलाई भारतीय च्यानलबाट प्रसारण हुने विभिन्न रियालिटी शोको जज हुने अवसर मिलेको छ । उनले २००८ मा सम्पन्न मिस युनिभर्सको जज हुने निम्तोसमेत पाइन् । यसरी उनले ग्लेमरक्षेत्रमा आफनो वर्चस्व कायम गरिरहेकी छन् ।
|
| |
|
| |
|