विषय सूची
) राजनीतिक कित्तामा कलाकार
) भारतय सुन्दरीको नेपाली क्याटवाक
) इशाको छलाङ
) सिन्डी लपर
) अविरल यात्रा 
) बैसाखीमा संगीतयात्रा
)

हलिउडका फिल्म

) व्यापार घटे पनि बढ्दै एल्बम
)

दशैं-तिहार ताक्दै सिनेमा 

) इभेन्टमा मस्त पोखरा
)

हिट्स अफ मन्थ

) स्वाद गजलको

 
 

 दशैं-तिहार ताक्दै सिनेमा 

क्यालेन्डरमा रातो अक्षर अंक देख्नै हुन्न, नेपाली चलचित्रका निर्माता तथा वितरकहरूको मुख रसाइहाल्छ अरू दिनभन्दा बिदाका दिनमा चलचित्रका दर्शक ह्वात्तै बढ्छन् त्यसैले क्यालेन्डरमा जति-जति बिदाका दिन देखिए, उनीहरू त्यति-त्यति रमाउँछन् आफना चलचित्र लगाउन तँछाडमछाड गर्छन् एक फुर्सद हुने, त्यसमाथि मनोरञ्जनको मुड हुने कारणले बिदाका दिन हलहरूमा दर्शकसंख्यामा वृद्धि हुन्छ अब झन् दशैं तिहारजस्तो ठूलो चाड लामो बिदा मुखैमा स्पष्ट - निर्माता तथा वितरकहरू मेरो गोरुको बार्है टक्का भनेजसरी आआफनै चलचित्र लगाउन हानथाप गरिरहेका छन्

बाटो साँघुरो साँघुरो तर सवारीसाधनको भीडमभीड स्वाभाविक - यस्तोमा सम्हालिनसक्नु ट्राफिकजाम हुन्छ नेपाली चलचित्रक्षेत्रमा पनि यस्तै भइरहेको केही वर्षगाडिसम्म मात्र पनि मुस्किलले वाषिर्क दुइ दर्जन चलचित्र निर्माण हुने नेपाली चलचित्रक्षेत्रमा यतिखेर सातैपिच्छेजसोे नयाँनयाँ चलचित्रको शुभमुहर्ूत हुन थालेका छन्, सुटिङ हुन थालेका छन्   जबकि केही अगाडिसम्म पनि पर््रदर्शनका लागि नेपाली चलचित्र नपाएर पर््रदर्शक वितरकहरू छटपटाउँथे

 कहिल्यै चलचित्र निर्माण गर्ने सोचाइसम्म नबनाएकाहरू पनि यस क्षेत्रमा प्रवेश गरे फलस्वरूप अहिले नेपाली चलचित्र उद्योगसँग थामिनसक्नु चलचित्रका लाम लागेको

 त्यस अवस्थामा नेपाली चलचित्र उद्योग सधैंका लागि बन्दै हुने पो हो कि भनेर गहिरो चिन्ता चिन्तनसमेत हुने गथ्र्यो तर जब मुलुकमा शान्तिप्रक्रियाको थालनी भयो, स्थिति ठ्याक्कै विपरीत हुन पुग्यो वर्षौंसम्म हात बाँधेर मौन बसेकाहरू पनि चलचित्र निर्माणको क्षेत्रमा होमिए कहिल्यै चलचित्र निर्माण गर्ने सोचाइसम्म नबनाएकाहरू पनि यस क्षेत्रमा प्रवेश गरे फलस्वरूप अहिले नेपाली चलचित्र उद्योगसँग थामिनसक्नु चलचित्रका लाम लागेको ट्राफिकजाम बढेको बढ्यै यसलाई सम्हाल्न अहिलेसम्म कुनै गतिलो ट्राफिक सडकमा आउन सकेको छैन जति पनि आएका छन्, उल्टै जाम बढाउने समस्या बढाउने मात्र देखिएका छन् त्यसो नेपाली चलचित्र निर्माणको बाढीसँगै चलचित्र पर््रदर्शनको क्षेत्रमा नयाँनयाँ सुविधाजनक प्रविधि आएका छन् विभिन्न नामले प्रयोगमा आएका यी प्रविधिमार्फत एकैसाथ धेरै स्थानमा चलचित्र पर््रदर्शन गर्न सकिन्छ यसले गर्दा चलचित्र पर््रदर्शनको यो जाम केही मात्रामा भए पनि खुकुलो हुनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन त्यो किनभने नेपाली चलचित्र पर््रदर्शन गर्छर्ुुनेर राज्यबाट सरसुविधा कर छुट लिई नेपाल भित्र्याइएका ती प्रोजेक्सन सिस्टम नेपाली चलचित्रलाई कम, विदेशी चलचित्र पर््रदर्शन गर्नलाई बढी प्रयोग भएका छन् खास गरी मोफसलका धेरै स्थानमा शुरूमा नेपाली चलचित्र पर््रदर्शन गर्ने भनेर जडान गरिएका ती डिजिटल सिस्टममा नेपाली चलचित्रले चिहाउनसमेत पाएन, विदेशी चलचित्रको बोलवाला रह्यो ँअनुगमन गर्ने निकाय नै छैन, कसले अनुगमन गर्ने, कसले नियन्त्रण गर्ने, कसले कारबाही गर्ने -’ -नेपाली चलचित्रका निर्माताहरू भन्छन् थोरै प्रिन्ट भए एकसाथ चलचित्रलाई थुप्रै स्थानबाट पर््रदर्शन गर्न सकिने भए पनि डिजिटल प्रविधिको यो प्रोजेक्सन सिस्टम नेपाली चलचित्रको हकमा किन पनि लाभकारी हुन सकेको छैन भने हल सञ्चालकले यो प्रविधिबाट चलचित्र देखाएबापत निर्माताबाट छुट्टै शुल्क असुलिरहेका छन् ँहल उहाँहरूको, सामान

-डिजिटल प्रोजेक्सन) उहाँहरूको हाम्रो फिल्म देखाएबापत हलले पनि उत्तिकै मुनाफा कमाउँछ, त्यो पनि बिनालगानी त्यसमाथि पनि प्रोजेक्सनको नाममा छुट्टै पैसा लिन मिल्छ -’, निर्माता सन्देश श्रेष्ठ भन्छन्- ँत्यही प्रोजेक्सन सिस्टमबाट हिन्दी वा अंग्रेजी फिल्म लगाउँदा सबै खर्च आफनै तर नेपाली फिल्म लगाउनासाथ भाडाका नाममा थप असुली -’ उनको गुनासो - ँझट्ट हर्ेदा एकैपटक सबै ठाउँमा फिल्म रिलिज हुँदा रकम पनि त्यहीअनुसार संकलन हुनेजस्तो देखिए पनि प्रोजेक्टरलाई फोकटमा लाखौं तिर्नुपर्दा नेपाली फिल्मका निर्माताहरू अनावश्यक रूपमा नोक्सानी बेहोर्न बाध्य छन् हामीकहाँ फिल्मसम्बन्धी यत्रा संघसंस्था छन् तर निर्मातामाथि भएको यत्रो थिचोमिचोको विषयमा किन कोही केही बोल्दैन-’ 

हामीकहाँ फिल्मसम्बन्धी यत्रा संघसंस्था छन् तर निर्मातामाथि भएको यत्रो थिचोमिचोको विषयमा किन कोही केही बोल्दैन ?

समस्याकै कुरा भएको कि निर्माताले एउटा चलचित्र निर्माण गर्दा हालको अवस्थामा केही नभए पनि ४० लाख रुपियाँ खर्च गरेकै हुन्छ ४०-४० लाख रुपियाँ लगानी गरेर बनाएको आफनो चलचित्र निर्माताले आपैँmले भनेको बेलामा पर््रदर्शनमा ल्याउन सक्दैन जबकि छिमेकी मुलुक भारतमै पनि चलचित्रको मुहर्ूत भएकै दिन रिलिज डेटको समेत घोषणा गरिन्छ त्यहीअनुसार चलचित्र पर््रदर्शनमा आउँछ नेपालमा भने आफनो चलचित्रको रिलिज डेट स्वयम् निर्मातालाई समेत थाहा हुँदैन

नायिका मौसमी मल्लले आफूले बनाएको चलचित्र गिरफतार रिलिज हुँदै भनेर दुइ दिनअगाडि मात्र थाहा पाइन् ँदुइ दिनमा प्रिन्ट जुटाऊ, पब्लिसिटी गर, पोस्टरिङ गर के मात्र हुन सक्छ -’, मौसमी भन्छिन्- ँजसोतसो गरियो गायक अर्जुनकुमारको अवस्था पनि त्यस्तै भयो उनले पनि आफूले डिजिटल प्रविधिमा बनाएको युगदेखि युगसम्म पर््रदर्शन हुने कुरा तीन दिनअघि मात्र थाहा पाए राजेश हमालको पहिलो चलचित्रसँग मिल्दोजुल्दो नाम जुराएर उनैलाई प्रमुख भूमिकामा उभ्याइएको चलचित्रलाई हल्लाखल्लासहित ल्याउन पाए त्यसको चार्म छुट्टै हुन सक्थ्यो ँतर टाइम नै नपाइने रहेछ तीन दिनअगाडि आएर मेरो फिल्म लाग्छ भन्ने थाहा भयो त्यत्रो सट पिरियडमा के गर्ने, के नगर्ने-’, अर्जुनकुमार आफनो अनुभव बाँड्छन्- ँत्यहीँमाथि भोलिपल्ट बुबाको एकछाकी, पर्सिपल्ट श्राद्ध म्यानेज गर्न बडा गार्हो भयो फिल्म बनाउनभन्दा चलाउन झन् गार्हो भन्थे, हो रहेछ

भौगोलिक हिसाबले विश्वमा अत्यन्त सानो देश नेपाल सानो देश नेपालको सानो राजधानी काठमाडौं यही सानो काठमाडौंको सानो उद्योग नेपाली चलचित्र उद्योग यो उद्योगलाई साथ दिने न्यून दर्शक अर्थात् चलचित्र हर्ेन हलमै पुग्ने नेपालीको संख्या

 बरु होलसेल पसल थापेर जीवनयापन गर्नमा उज्ज्वल भविष्य देख्नेहरूले नेपाली चलचित्रमा लगानी गरेर लगानी फिर्ता पाउने वा मुनाफा आर्जन गर्न सकिने विश्वास चलचित्रबाट गरेका छैनन् कुरो हो पनि किनभने एउटा चलचित्रमा ५०औं लाख लगानी गरेर लगानी फिर्ता अनिश्चित बनाउनुभन्दा अन्य व्यवसायबाट राम्रो मुनाफा कमाउन पनि सकिन्छ

 अत्यन्त न्यून त्यसमाथि पनि नेपाली चलचित्र हेन मन पराउने त्यही न्यून संख्यामध्येबाट अधिकांश नेपाली रोजगार अवसरको खोजीमा विदेश पलायन भइसकेका छन् यसै पनि नेपाली चलचित्रको आन्तरिक बजार अत्यन्त सानो बाह्य बजार छँदै छैन भने पनि हुन्छ   पनि एकै वर्षा पाँच दर्जनभन्दा बढी चलचित्र पर््रदर्शनका लागि तयारी अवस्थामा हुन थालेका छन् बजार सानो सीमित तर चलचित्र निर्माणक्रम असीमित अव्यवस्थित यस्तो अवस्थामा नेपाली चलचित्रमा ट्राफिकजाम हुनुबाहेक यसका लागि अरू खुला बाटो हुनै सक्दैन तर पर््रदर्शन व्यवस्थालाई चुस्त बनाउन सक्ने हो भने यो जाम तुरुन्तै खुल्नेछ चलचित्र निर्माणको क्रम बढे पनि नेपाली चलचित्र पछाडि पर्नुको प्रमुख कारण भनेको यसले अंगीकार गरेको सुस्त गति नै हो ँबजार बढाउन सकिएको छैन, रिलिजको व्यवस्थालाई चुस्त बनाउन सकिएको छैन भएको बजारमा पनि विदेशी फिल्मको दबदबा यस्तोमा कसरी फिल्मक्षेत्रले फड्को मार्न सक्छ -’, निर्माता तथा वितरक सुनील मानन्धर भन्छन्- ँनेपाली फिल्मको डेभलप गर्ने हो भने सिरियसली केही गर्नुपर्छ कमसेकम रिलिज व्यवस्थामा राम्रो नीति ल्याउनर्ुपर्छ

वास्तवमा नेपाली चलचित्रक्षेत्र अहिले आर्श्चर्यजनक रूपमा रामभरोसे शैलीले अगाडि बढिरहेको नेपाली चलचित्रलाई व्यापारव्यवसायको राम्रो स्रोत मानेर यसमा लगानी गर्न आकषिर्त हुने वातावरण अहिलेसम्म पनि बनेको छैन गार्मेन्ट गलैँचा उद्योग अनि घरजग्गाको व्यवसायमा जत्तिको आर्थिक मुनाफा देखिने यही कारण यतातिर होमिनेसम्मको वातावरण पनि बनेको छैन बरु होलसेल पसल थापेर जीवनयापन गर्नमा उज्ज्वल भविष्य देख्नेहरूले नेपाली चलचित्रमा लगानी गरेर लगानी फिर्ता पाउने वा मुनाफा आर्जन गर्न सकिने विश्वास चलचित्रबाट गरेका छैनन् कुरो हो पनि किनभने एउटा चलचित्रमा ५०औं लाख लगानी गरेर लगानी फिर्ता अनिश्चित बनाउनुभन्दा अन्य व्यवसायबाट राम्रो मुनाफा कमाउन पनि सकिन्छ निर्माता तथा हास्य अभिनेता निर्मल शर्मा भन्छन्- ँफिल्ममा हालेको पैसा कहिले आउँछ कहिले- आउँछ कि आउँदैन भन्ने ग्यारेन्टी पनि हुँदैन तर त्यही पैसा घरजग्गामा हाल्यो भने एक-दुइ वर्षा डबल नै पनि हुन सक्छ डबल भएन भने पनि घाटा पर्दैन, नाफै हुन्छ त्यसैले  फिल्म बनाएर रिलिजका लागि वर्षौंसम्म कुरिरहेर लगानी फसाउनुभन्दा अरू व्यवसाय गर्नु ठीक होजस्तो पनि लाग्छ निर्मात्री तथा अभिनेत्री प्रज्ञा जोशी पनि यसै कुरामा छिन् भन्छिन्- ँफिल्म बनाएर कुरेको एक वर्षहुन लाग्यो, कहिले पालो आउने थाहा छैन यस्तरी लगानी डुबाएर ब्याज बढाउनुभन्दा जग्गातिर पैसा हाले हुन्थ्योजस्तो लाग्न थालेको

लाजमर्दो कुरा के भने नेपालमा अहिलेसम्म चलचित्र रिलिजको आधार के भन्ने निश्चित छैन निश्चय पनि कुनै पनि चलचित्र रिलिजमा ल्याउनलाई त्यसको व्यावसायिक क्षमता हेरेर प्राथमिकता दिनुपर्ने हो तर नेपाली चलचित्र त्यस ढंगले पर््रदर्शनमा आइरहेका छैनन् या जसले जान्यो त्यसले हान्यो भनेजस्तो जसले शक्ति भक्ति गर्न सक्छ उसले आफनो चलचित्र अगाडि ल्याइरहेको हुन्छ, या रोइकराइ गरेर त्यति नगरी चलचित्र बजारमा ल्याउनै नसकिने भएपछि निर्माताहरू जेसुकै गर्न पनि तयार छन् काठमाडौंमा भने क्यु सिस्टम

-पालो प्रणाली) लगाइएको त्यसमा पनि दुइटा कुरा छन् एउटा |mेस -कहीँ नचलेको), अर्को पुरानो -बाहिर चलिसकेको) चलचित्रलाई सेन्सर भएको मितिका आधारमा पर््रदर्शन गर्ने यसमा पनि सक्नेले धाक, धम्की, गुन्डागर्दी अन्य उपायद्वारा आफनो चलचित्र पालोभन्दा पहिले चलाउने गर्छन्  

नेपाल चलचित्र संघअर्न्तर्गतको उपत्यका पर््रदर्शक समितिका सभापति मदनमान वज्राचार्य क्यु सिस्टम पालना गर्नु बाध्यता रहेको बताउँछन् उनी आपैँm भन्छन्- ँक्यु सिस्टम टुट्नासाथ मिनी डन शुरू हुन्छन् निर्मातासँग टेबलमुनि पैसा लिएर फिल्म देखाइदिने अवस्था सिर्जना हुन्छ यो क्यु सिस्टमको फाइदाको पक्ष हो क्युमा बस्दाबस्दा प्रिन्टमै ढुसी परेर अड्किने अवस्थामा पुगेपछि लगाउनुपर्ने बाध्यता गलत पक्ष हो यसलाई हर्ेदाचाहिँ क्यु सिस्टम टुटेर खुला स्पर्धा हुनु राम्रो हुन्छ

बुझने निर्माताहरू पालो प्रणालीभन्दा पनि खुला स्पर्धाको पक्षमा छन् निर्मल शर्मा भन्छन्- ँफिल्म बनाउने व्यवसायका लागि हो, जुन फिल्म व्यावसायिक रूपमा बलियो , त्यसैले पालो पाउँछ यसबाट राम्रा फिल्म मात्र बनाउँm भन्ने पनि हुन्छ नवनिर्माता सुभाष गिरीको भनाइ पनि त्यस्तै - ँअहिले पनि नेपाली फिल्म भएकै कारण हेरिदिनुपर्यो, चलाइदिनुपर्यो भन्ने कुरा छैन जसको फिल्ममा दम , उसैको फिल्म लाग्ने व्यवस्था हुनुपर्छ झूर फिल्मलाई माया गरिरहनर्ुपर्छजस्तो लाग्दैन

जे भए पनि नेपाली चलचित्रक्षेत्रमा खुला स्पर्धाका रूपमा चलचित्र चलाउने अभ्याससमेत भएको छैन सार्है संर्घष्ा चलचित्र हलसम्म पुर्याउन यति धेरै संर्घष्ापछि चलाएको चलचित्रबाट फाइदै हुन्छ भन्ने पनि केही छैन ँडुब्यो भने घरखेतै जाने गरेर डुब्छ आयो भने थोरै मात्र आउने सम्भावना हुन्छ’, अनुभवी निर्माता तथा सञ्चारकर्मी जयप्रकाश रिजाल भन्छन्- ँनिरन्तर बनाइरहनेहरूलाई फाइदा हुन सक्छ।हो पनि जस्तो भनौं नायक श्रीकृष्ण श्रेष्ठले पहिलोपटक बनाएको चलचित्र कहाँ भेटिएला यो वर्षहालसम्म पर््रदर्शनमा आएकामध्ये र्सवाधिक हिट साबित भयो यसले काठमाडौंमा मात्र झन्डै ६० लाख शेयर कलेक्सन गर्यो तर श्रीकृष्ण त्यतिखेर जिल परे, जब उनले निर्माताका रूपमा आफूले पाउने रकम थाहा पाए ँदश रुपियाँमा तीन रुपियाँ जति हात पर्दो रहेछ मान्छेले किन ठूलो बजेटको फिल्म बनाउँदैनन्, क्वालिटीका लागि किन खर्च गर्दैनन् भन्ने कुरा मैले बल्ल बुभे+m’, श्रीकृष्ण भन्छन्- ँपहिलो फिल्मबाटै धेरै कुरो सिकें

नेपाली चलचित्र जति धेरै बने पनि चलचित्र निर्माण व्यवसायमा उद्योगी-व्यापारीहरू आकषिर्त हुन सकेका छैनन् बल्ल आएर केही व्यापारीले चलचित्र निर्माणमा हात हाल्न थालेका छन् त्यसबाहेक नेपाली चलचित्र उद्योग चलचित्रकर्मीकै बलबुतामा उभिएको यसमा अन्य क्षेत्रका उद्यमी-व्यवसायीबाट खासै लगानी आएको देखिँदैन यस्तो अवस्थाका लागि नेपाली चलचित्र निर्माण गर्न वा यसमा लगानी भित्र्याउन वातावरण सिर्जनाको प्रयास मात्र पनि नेपाली चलचित्रक्षेत्रबाट कहिल्यै हुन सकेको छैन यसैको जरिवाना तिर्दै चलचित्रकर्मका विविध विधामा संलग्न चलचित्रकर्मी नै चलचित्र निर्माणको बाटोमा दौडिरहेका छन् यसै क्षेत्रका नायक, नायिका वा अन्य कलाकार, चलचित्र प्रदर्शक, वितरक, निर्माणनियन्त्रकले नै पछिल्ला दिनमा निर्माताका रूपमा नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिइरहेका छन्

जे भए पनि दशैं-तिहारको आगमनसँगै दर्जनौं चलचित्र रिलिजका लागि एक्सन अवस्थामा छन् दशैंको समयमा काठमाडौंका लागि चलचित्र पर््रदर्शन उपयुक्त ठानिँदैन किनभने धेरैजसो दर्शक दशैं मनाउन बाहिर गएका हुन्छन् तर कुनै-कुनै वर्षे त्यो कुरा पनि गलत साबित गरिदिएका छन् मोफसलका लागि भने दशैंको समय सबैभन्दा उपयुक्त मानिन्छ यही मौका छोपेर निरक पौडेल निर्देशित कसुमेरुमाल क्यु तोडेरै भए पनि काठमाडौंमा आउने प्रयासमा यो पाना तपाईंले पल्टाउन्जेलसम्म गोपीकृष्ण मुभिजकै महत्त्वाकांक्षी चलचित्र भनिएको कुसुमेरुमाल मोफसलसहित पर््रदर्शनमा आइसकेको हुन सक्छ काठमाडौंबाहिरको व्यावसायिक स्पर्धामा भिड्न शिव रेग्मी निर्देशित अर्जुनदेव पनि तमतयार मोफसलको लडाइँमा मेरो एउटा साथी , छोडिगए पाप लाग्ला पनि सामेल छन् यसबाहेक काठमाडौं बाहिरका लागि हिफाजत, नैनारेसम, रणसंग्राम, गोर्खा रक्षक, विष, कहाँ छौ कहाँ, नयाँ नेपाल, इलाका पनि दाउ हेरेर बसेका छन् यीमध्ये कुनचाहिँ चलचित्र तिहारसम्म आइसक्छ, निर्माता वितरकले मात्र होइन, कसैले भन्न सक्दैन यहाँको चलनै यस्तै , जतिखेर जुन दिन पनि लाग्न सक्छ -

विदुर गिरी

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.