संगीतकार शम्भुजित बासकोटा, गायक तथा संगीतकार राजेशपायल र्राई, लोक तथा दोहोरी गायिका रेखा शाह र पप गायक राजु लामाले भदौ महिनामा छुट्टाछुट्टै समारोहको आयोजना गरी आआफना नवीनतम सांगीतिक एल्बम र्सार्वजनिक गरेका छन् । उनीहरूका यी एल्बमको व्यावसायिक अवस्था कस्तो रहनेछ, त्यो पछिको कुरा हो । तर नेपाली सांगीतिक गतिविधिलाई निरन्तरता दिन सहायकसिद्ध भने अवश्य भएको छ ।
(सांगीतिक धुन) एल्बम बजारमा ल्याएको छ । संगीतकार बासकोटाद्वारा तयार पारिएको सो एल्बममा उनैद्वारा संगीतबद्ध सदाबहार गीतहरूको धुन सुन्न पाइन्छ । सोही एल्बमको संगीतमा फेसन शो र नृत्यप्रस्तुतिका साथ आयोजना गरिएको समारोहमा बैंकका अध्यक्ष तोलाराम दुगडले एल्बमको विमोचन गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले नेपाली संगीतको पहुँचलाई विश्वजगत्मा विस्तार गर्न तथा संरक्षण, सर्ंवर्द्धन र प्रोत्साहित गर्न यस प्रकारको एल्बम ल्याइएको जानकारी गराए । ँलोकगीतको इन्सटुमेन्टल एल्बम भए पनि आधुनिक सुगम संगीतको इन्सटुमेन्टल एल्बमको अभाव पूर्ति गर्न सामाजिक दायित्व बहन गर्ने क्रममा हामीले यो एल्बम प्रस्तुत गरेका हौं’ -राजधानीको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा आयोजित समारोहबीच महर्जनको भनाइ थियो । त्यस अवसरमा संगीतकार बासकोटाले सनराइज बैंकले सो एल्बम प्रस्तुत गरिदिनु बैंकको सुन योजनाभन्दा कम्ती नभएको र त्यसबाट आफनो सपना पूरा भएको बताए । एल्बममा स्वरसम्राट स्व. नारायणगोपाल, दीपक खरेल, उमेश पाण्डे र संगीता शाक्य, प्रकाश श्रेष्ठ, देविका वन्दना र अमर तण्डुकार, रामकृष्ण ढकाल, मिलन चख्खु र नगेन्द्र श्रेष्ठ, अञ्जु पन्त र सञ्जीवनीका कालजयी तथा सदाबहार गीतका धुन संगृहीत छन् । एल्बम ए म्युजिकल जर्नी विथ सनराइज बैंक एन्ड शम्भुजित नाम दिइएको कार्यक्रममा विमोचन गरिएको थियो । उता राजधानीकै अर्को पाँचतारे होटलमा आयोजित कार्यक्रमबीच गायक राजेशपायल र्राईले आफनो दशांै एकल अडियो गीति क्यासेट तथा सीडी एल्बम दर्शन-नमस्ते र्सार्वजनिक गरे । संगीतसाधक अम्बर गुरुङद्वारा नौलो शैलीमा एल्बमको विमोचन गरेपछि गायक र्राईले सोही एल्बमका दर्शन-नमस्ते, तुवाँलोजस्तै र त्रि्रो र मेरो कथा बोलको गीत गाएर सुनाएका थिए । उनले किन छोड्यौ बाटो बीचमा बोलको गीतको म्युजिकभिडियोसमेत पर््रदर्शन गरेका थिए । सुरेन्द्र शाहद्वारा निर्देशित सो म्युजिकभिडियोमा गायक र्राईका साथमा नायिका सिर्जना बस्नेतले मोडलिङ गरेकी छिन् । विमोचित एल्बममा आठ गीत छन् । त्यसका दुइ-दुइ गीतमा महेश खड्का र विनोद खम्बु तथा बाँकीमा खेमराज गुरुङ, सचिन सिंह, सुरेशकुमार र राजेश स्वयंको संगीत रहेको छ । एल्बममा राजेन्द्र थापा, नरेश भट्टर्राई, विपिन किरण, नवराज लम्साल, केदार संकेत सुनुवार, बाबुराम दाहाल र सुरेशकुमारका गीतरचना छन् । विमोचन समारोहमा गायक र्राईले दोलखाकी ८ वषीया मुटुरोगबाट पीडित बालिका जानु शर्ेपालाई दश हजार रुपियाँ सहयोग प्रदान गरेका थिए । ट्याक्सीमा यात्रा गर्ने क्रममा त्यसका चालकले आफनी छोरी मुटुरोगबाट पीडित रहेकाले सहयोग गर्न अनुरोध गरेपछि राजेशले खोटाङ सेवा समाजका अध्यक्ष राकेश र्राईमार्फत सो रकम हस्तान्तरण गरेका थिए ।
सोह्रवर्षो सांगीतिक यात्राका क्रममा केही लोक गीति एल्बम बजारमा ल्याए पनि सिमसिमे पानीमाबाट जस्तो लोकप्रियता कमाउन नसकेकी रेखाको यो एल्बम नयाँ पहिचानसहितको अर्को राम्रो प्रयास भएको छ । १४ वर्षो उमेरमै रेडियो नेपालको लोक गीति प्रतियोगितामा सिमसिमे पानीमा बोलको लोकगीत संकलन गरी गाएर पाएको प्रथम स्थानको खुसीसँगै विश्वचर्चित हुन पुगेकी उनी सोही गीतका गायक प्रेमराजा महतले आफनो संकलन भएको भन्दै रेखालाई ओझेल पार्न खोजे पनि आफनो मेहनत र योगदान प्रस्ट्याउन सफल भएकी थिइन् । एल्बममा स्व. राम थापाको सम्भवतः अन्तिम संगीत समेटिएको छ भने राजु सिंह, हरि लम्साल, उषा अनुयायीको संगीत सुन्न पाइन्छ । त्यसै गरी आनन्द अधिकारी, भूपेन्द्र खड्का, रमा कार्की र नवराज लम्सालको शब्दरचना रहेको छ । केशव चौलागाईं, सुरेशकुमार क्षत्री र उदय सोताङका शब्दसंगीतमध्ये जबिकको शब्द-संगीत रहेको पोखूँ भने बोलको गीतले बढी श्रोतालाई आकषिर्त गर्न सक्छ । आसक्त प्रेमभाव पोखिएको सोही गीतमा मोडलिङ गरेकी स्वयम् रेखा सुन्दरीका रूपमा म्युुजिकभिडियोमा छाएकी छिन् । त्यस्तै पप गायक राजु लामाले तीन वर्षो अन्तरालपछि आफनो पाँचौं एल्बमस्वरूप राजु लामा मंगोलियन हार्ट भाग ५ ल्याएका छन् । एल्बम निकाल्नकै लागि अमेरिकाबाट काठमाडौं आएका राजुको एल्बममा छ सय वर्षपुरानो छैटौं दलाई लामाको शब्द र थुप्देन साम्दुपको संगीत रहेको चर्चित टिबेटियन गीत रिन्जिङ वांगमो, दीपेश प्रधानको शब्द र संगीतको यत्ति धेरै र प्याटि्रक सिथलिङको संगीत र प्याटि्रकका साथ राजुकै शब्दरचना छन् । यसबाहेक सबै गीतमा स्वर, शब्द र संगीत राजुकै छन् । यो एल्बमसँगै लामा आफनो नयाँ सांगीतिक समूहका साथ देखापरेका छन् । नयाँ समूहमा राजुका साथ बबी लामा, सन्तोष थापा, दीपेन्द्रमान सिंह, प्रवीण श्रेष्ठ, किरण नगरकोटीलगायतका सदस्य तथा रीतेश क्रिस ब्यान्ड म्यानेजर रहेका छन् । राजुको एल्बम विमोचन कार्यक्रममा आस्था ब्यान्डका गायक नरेन लिम्बुको एकल एल्बम आशको पनि विमोचन गरिएको थियो । उनका एल्बममा ८ गीत छन् । दुबै एल्बम रियाज म्युजिकले बजारमा ल्याएको हो ।
राजेशको भिडियोमा राहुल
नेपाल आएका समयमा नेपाली चलचित्र वा म्युजिकभिडियोमा काम गर्ने इच्छा व्यक्त गरेका राहुललाई गायक र्राईले आफनो गीतको म्युजिकभिडियोमा काम गर्ने अफर राखेपछि उनी त्यसमा सहर्षखेल्न राजी भएका छन् । मुर्म्बई र्फकनुअघि राहुलसँग भएको भेटमा राजेशले उनलाई आफनो गीत सुनाउनासाथ राहुल त्यसमा काम गर्न राजी भएका थिए । ँगणपति पूजा सकिनासाथ म फेरि नेपाल आएर तपाईंको म्युजिकभिडियो गर्छर्ुु भेटमा राहुलले राजेशलाई भनेका थिए- ँनेपाली म्युजिक मलाई सधैं मन पर्छ । नेपाली भिडियोमा आउनु मेरा लागि पनि सुखद पक्ष हो । तपाईंको गीत राम्रो लाग्यो, यसमा काम गर्न पाउँदा मलाई पनि खुसी लाग्नेछ ।’ आइपोडमा राजेशका गीत सुनिसकेपछि राहुलले दर्शन-नमस्ते बोलको भिडियोमा काम गर्न चाहेका थिए तर राजेशले त्यो गीत अरूलाई नै दिइसकेको बताएपछि राहुल कुनै पनि गीतमा खेल्न तयार भएका छन् । राजेशका अनुसार सुटिङ सेड्युलका लागि राहुलसँग सल्लाह भइरहेको छ । ँयहाँ सबै कुराको तयारी सकेपछि उहाँलाई बोलाउनेछु’, राजेशले भने- ँगणपतिपूजाका कारण उहाँ निर्धारित समय बढाएर काठमाडौं बस्न सक्नुभएन । पूजा सकाएर मेरो भिडियोका लागि आउन खोज्नुभएको थियो तर म पनि कार्यक्रमको सिलसिलामा कोरिया जानुपरेकाले समय मिलाउन समस्या भइरहेको छ । अनुकूल समय मिलाएर उहाँलाई बोलाई भिडियोको सुट गर्नेछु ।’ र्राईका अनुसार राहुलले पारिश्रमिकका बारेमा केही भनेका छैनन् । राहुलले नेपाली प्रोजेक्टमा काम गर्न पैसा ठूलो कुरा नहुने बताउँदै आएका छन् ।
|
| |
|
| |
|