अमेरिकाका प्रमुख दुइ स्टुडियोको प्रतिनिधिसमेत रहेका चन्दर लालले हालै बलिउडका ँकपी निर्माता’हरुलाई एक चेतावनीपत्रसमेत पठाएका थिए । चन्दरको दाबी छ- दर्शकहरु नयाँ कथा चाहन्छन् तर आफ्नै कथा निर्माण गर्ने परम्परा नहुनु बलिउडको कमजोरी हो ।
यसअघि गडफादरलाई फिरोज खानले धर्मात्मा फिल्ममा नै कपी गरिसकेका थिए । यस्तै, सत्ता पे सत्ताचाहिँ सेभेन ब्राइड्स फर सेभेन बर््रदर्सको रिमेक मानिन्छ । अमेरिकाका प्रमुख दुइ स्टुडियोको प्रतिनिधिसमेत रहेका चन्दर लालले हालै बलिउडका ँकपी निर्माता’ हरूलाई एक चेतावनीपत्रसमेत पठाएका थिए । चन्दरको दाबी छ- दर्शकहरू नयाँ कथा चाहन्छन् तर आफनै कथा निर्माण गर्ने परम्परा नहुनु बलिउडको कमजोरी हो । पश्चिमा फिल्महरूको कपी गरेर फिल्म निर्माण गर्नेमा बलिउडका चर्चित निर्माता पनि छन् र तिनीहरू बक्सअफिसमा हिट पनि भइरहेका छन् । गत वर्षअभिनेता आमिर खानले निर्माण गरेको गजिनी सबैभन्दा कमाउ फिल्म बन्यो, यो फिल्मले १२ करोड ५० लाख रुपियाँको कमाइ गर्यो । गजिनी सन् २००२ मा बेस्ट स्त्रिmनप्लेको विधामा मनोनयनमा परेको क्रिस्टोफर नोलानको मोमेन्टो फिल्मको कपी थियो तर बलिउडका फिल्म समीक्षक तरन आदर्शको भनाइ भने फरक छ । उनी भन्छन्- बलिउडसँग धेरै सिर्जनात्मक संस्कृति छन्, धेरै राम्रा साहित्यिक कृति पनि, यदि भारतीयकरण गर्न लायक स्त्रिmप्ट तयार छ भने किन प्रयोग गर्न नहुने - यसै गरी ट्वान्टिन्थ सेन्चुरी फक्सले नै आफनो शृंखला टाइम बम्ब कपी गरेको आरोप लगाउँदै जी टेलिफिल्म्सविरुद्ध मुद्दा दायर गरेको थियो भने गत वर्षभारतमा रिलिज गरिएको हरि पुत्तरविरुद्ध वार्नर ब््रदर्सले दायर गरेको मुद्दामा अदालतले सफाइ दिएको थियो, वार्नर बदर्सले हरि पुत्तर उसको चर्चित ह्यारी पोटरको कपी भएको भन्दै मुद्दा दायर गरेको थियो ।
बलिउडकै अर्को फिल्म सिंह इज किङ प|mान्क काप्राको लेडी फर अ डेको रिमेक मानिन्छ, यो फिल्म बलिउडको बक्सअफिसमा हिट भएको थियो । यस्तै, ह्यारिसन फोर्डको द फयुजिटिभ बलिउडमा क्रिमिनलका रूपमा, रिजर्भोयर डग्स काँटेका रूपमा, जुलिया रोबर्ट्स अभिनीत क्लासिक नथिङ हिल्स हमको दिवाना कर गयेको रूपमा बलिउडमा भित्रिएका थिए । यस्तै, सलमान खानको पार्टनर हलिउडको हिट फिल्म हिचको कपी थियो, हिचका संवादसमेत जस्ताको तस्तै अनुवाद गरी राखिएको छ, सलमानकै अर्को फिल्म गड तुस्सी ग्रेट हो हलिउडको ब्रुस अल्माइटीको जस्ताको तस्तै कपी हो । आमिर खानको रङ दे वसन्ती सन् १९४८ मा निर्मित अल माइ सन्स र जेसस अफ मन्टि्रयलको कपी हो । यस्तै, बलिउडमा हिट मानिएको धुम फिल्म द फास्ट एन्ड फुरियस र ओसन इज इलेभेनको खिचडी हो ।
प्रस्तुतिः अमृत दाहाल
|
| |
|
| |
|