केहीअघि साथीमार्फ एउटा विदेशीको सहयोगमा कृत्रिम खुट्टा हालिन्, उनलाई यो त्यति सहज लागेन, बरु बैसाखीकै सहारा मीठो लाग्छ रे झ् त्यसो त समलाहरूजस्तालाई सहयोगको हवाला दिएर कैयौं संघसंस्था खुलेका छन् तर उनलाई मतलब छैन । भन्छिन्- ँम आफैं सक्छु।’ यही आत्मविश्वासको बलमा यसपालि आफनै एल्बम निकालेकी छन्-ए माया सरर । यो लोकदोहोरी एल्बममा साइड ए र बीमा गरी दुइ भाका समेटिएका छन् । शर्ीष्ा भाका ए माया सररमा उनलाई पुष्प र्राईले लयसंकलनमार्फ सघाएका छन् भने दीपक सुस्लिङले शब्दले सहयोग गरेका छन् । अर्को भाका धरान भेडेटारमा चाहिँ प्रशान्त यलुङ र पावल चाम्लिङले क्रमशः शब्द र लयमा सघाएका छन् । इन्द्रप्रियजन र्राई, दीपक लिम्बू, रायरा हम्रुङचाहिँ उनको स्वरका सहयात्री बनेका छन् । पूणिर्मा म्युजिक प्रालिले निकालिदिएको एल्बम बोकेर हिजोआज उनी आफैं पनि क्यासेट पसल एवम् सांगीतिक समारोहहरूतिर दौडधुप गरिरहेकी हुन्छिन् । उत्साहित हुँदै भन्छिन्- ँअहिलेसम्म निकै क्यासेट बिकिसके । धेरैले मन पराइदिनुभएको छ ।’ र्सवांग तन्दुरुस्त हुनेहरूकै लागि पनि काठमाडौंको जीविका निकै संर्घष्ापर्ूण्ा छ । त्यसमाथि सांगीतिक यात्राको संर्घष्ा त धेरैका लागि फलामको चिउरा साबित हँुदै आएको छ । एउटा बैसाखीका भरमा यो संर्घष्ाको भूमरी पार गर्न कम्ती गाह्रो छैन समलालाई तर पनि दिनहँु डल्लुदेखि साधना कलाकेन्द्रसम्म धाइरहेकी हुन्छिन्, आफनो गलालाई अझै तिखारेर दर्शक-श्रोताको मन-मुटु जो छेड्नु छ यिनले ।
|
| |
|
| |
|