यो यात्राका लागि उनले एक वर्षघि योजना बनाएका थिए । यात्रा अनुमति र यात्राका क्रममा आइपर्ने ट्राफिक समस्या हल गर्न सरकारी सहयोगका लागि उनी कैलालीका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा समेत गए । तर प्रमुख जिल्ला अधिकारीले यस्तो काम गर्न नमिल्ने भन्दै दुर्व्यवहारपर्ण तरिकाले नायक रोहनको अनुरोधपत्र च्यातिदिए ।
रोहनको मोटरसाइकल यात्रालाई सघाउन माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग कैलालीले सहयोग गर्यो । सो संगठनका १५ जना सदस्यले पनि यात्रालाई सहज बनाउन, ट्राफिक व्यवस्था मिलाउन र यात्री रोहन ढकाललाई सुरक्षा प्रदान गर्न २ हजार किलोमिटरको यात्रासँगै पूरा गरे । हिरोहोन्डा कम्पनीको सीवीजेड स्टिम नामको भारतीय कम्पनीको सामान्य मोटरसाइकलबाट उनले हात छोडेर अति व्यस्त पूवपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल चलाउँदा बाटोमा हिँडिरहेका मानिसहरु आर्श्चर्यचकित भई हेर्थे । यात्राका क्रममा रोहन चलिरहेको मोटरसाइकलमा कहिले उठिरहन्थे त कहिले बस्थे र कहिले सुत्थे पनि । यस्ता दृश्य जोसुकैलाई पनि आर्श्चर्यमा पार्न पर्याप्त थियो । जहाँ एकैछिनका लागि यात्रा रोकिन्थ्यो त्यहाँ उनको स्वागतमा भेला भएका दर्शकले उनको मोटरसाइकल विशेष प्रकारको हो कि भनेर छामछुम पार्थे । यस यात्राका क्रममा उनी हेटौंडामा दुघटनामा पनि परे । एउटा किया माइक्रो बसले साइड नदिँदा उनको दुघटना भएको थियो । दुघटना हँदा मोटरसाइकलदेखि उनी १० मिटर टाढा खसेका थिए । तर पनि उनले हिम्मत हारेनन् । आफ्नो यात्रा जारी नै राखे । उनी पश्चिम नेपालको सिनेजगत्का एक उदियमान कलाकार पनि हुन् । हालसम्म उनले नेपाली र थारु भाषी गरी एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । काठमाडौंमा मात्र सीमित रहेको नेपाली चलचित्रको कारोवारबाट लिफ्ट पाउन धौ-धौ परेपछि हलिउडको स्पाइडरम्यान र बलिउडको क्रिसजस्तो एक्सनप्रधान अन्तर्रर्ााट्रय चलचित्रलाई समेत चुनौती दिँदै नायक रोहन ढकालले कैलालीबाटै अग्निपुत्र नामको एक्सनप्रधान चलचित्र निमार्ण्र्ाारे । अग्निपुत्रमा उनले दर्जनांै जोखिमपर्ूण्ा स्टन्ट सिनहरु सफलताका साथ पूरा गरेका छन् । उनले गरेको यस्तो अभिनय सायदै नेपाली चलचित्र उद्योगमा रहेका कलाकारहरुले गर्न सक्लान्जस्तो अनुभूति उनको अभिनय हेदा थाहा हुन्छ । दिगो शान्ति र परिवर्तनको कामना भन्ने नाराका साथ जेठ ७ गते महाकाली नदीको किनारा गडड्ाचौकीबाट शुरु भएको रोहन ढकालको हेन्डिल नसमातेर चलाउने मोटरसाइकल यात्रा ९ गते मेचीको काँकडभिट्टा पुगेको थियो भने उनी १३ गते महाकाली फर्किसकेका थिए । यसै बीच उनले सवारीसाधनको अत्यधिक चाप रहने महेन्द्र राजमार्गमा हात छोडेर करिब २ हजार किलोमिटरको मोटरसाइकल यात्रा पूरा गर्नुलाई दुनियाँकै पहिलो घटना भएको दाबी गरे । बाँकेको कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो दाबी गर्दै भने एउटा सामान्य मोटरसाइकलमा अहिलेसम्म कसैले यसरी २ हजार किलोमिटरको यात्रा पूरा गरेको छैन । मैले गरे यसमा मलाई गर्व छ । मूल्यांकन गर्ने निकायले गरुन् वा नगरुन् तर मलाई आत्मसंतुष्टि प्राप्त भएको छ । यो यात्रा उनले आफ्नो दोस्रो काम भएको बताउँदै पहिलो साहसिक काम चलचित्र अग्निपुत्रको निर्माण नै हो भने । नेपाली चलचित्रको इतिहासमा कसैले गर्न नसकेका एक दर्जन बढी जोखिमपर्ूण्ा अभिनय गर्नुलाई उनले पहिलो कामका रुपमा लिएका छन् । एक वर्षघि उनले अग्निपुत्रको निर्माण गरे । यो वर्षहात छोडेर मेची-महाकाली मोटरसाइकल यात्रा गरे र अब अर्को वर्षबिनाअक्सिजन सगरमाथाको चुचुरोमा पुग्ने उनको कार्यक्रम रहेको छ । पत्रकार भेटघाटमा उनले भने- अक्सिजन बोकेर सगरमाथा चढ्नुलाई केको साहसिक काम मान्ने, बिनाअक्सिजन चढे पो साहसिक काम हुन्छ । अब उनले सगरमाथा चढ्ने तयारीमा जुट्ने पनि बताए । - सम थापा/नेपालगन्ज |
| |
|
| |
|