विक्रान्त
बस्नेतमार्फ
चलचित्र
बज्रपातमा
निर्माता-निर्देशक
दीपक
रायमाझीले
नायिकामा
जेनीलाई
अफर
गरेका
हुन्
।
साथमा
२
लाख
रुपियाँ
बज्रपातमा
लगानी
गर्नुपर्ने
प्रस्ताव
पनि
आयो
।त्यसका
लागि
घरसल्लाह
हुनै
पर्यो
।
पति
कमलजंगसँग
सल्लाह
पनि
भयो
।
पारिश्रमिक दिनुको सट्टा अभिनय गरेबापत जेनीले उल्टै मोल तिर्नुपर्ने बाध्यता तर्ेर्सिएपछि उनी हैरानै बनेकी थिइन् । यसैबीच बज्रपातका लागि दीपक रायमाझीलाई दिएको २ लाख सापटी दर्ुइ वर्षबित्दा पनि फिर्ता नपाउनुको पीडा मत्थर पार्न जेनीले रायमाझीसँग झगडासमेत गर्नुपर्यो । तर पनि २ लाख फिर्ता भएन ।
त्यसको
बदलामा
रायमाझीले
आफ्नो
पछिल्लो
चलचित्र
हाम्रो
मिलन
कहिले
हुन्छमा
गेस्ट
रोल
दिएर
अलमल्याउन
सफल
भए
।
यस्ता
क्रियाकलापले
जेनी
दिक्क
बनिरहिन्
।
अर्काको
चलचित्रमा
लगानी
गरेर
अभिनय
गर्नुभन्दा
आफंै
निर्माता
बनेर
चलचित्र
बनाउने
जोस
उनमा
पलायो
।
बेलायत
बसेका
पति
कमलजंगसँग
यसबारेमा
छलफल
पनि
भयो
।
पत्नीको
रहर
पूरा
गर्नका
लागि
पैसा पर्याप्त भएको कारण चलचित्र घायल निर्माण गर्न कुनै गाह्रो भएन । तर पर््रदर्शनको संघारमा पुग्दा महिला भएको कारण पुरुषहरुबाट उनी हेपिनुपर्यो । अशोक शर्मा अध्यक्ष भएको नेपाल चलचित्र निर्माता संघबाट कुनै सहयोग नमिलेपछि उनी राजकुमार र्राई अध्यक्ष भएको चलचित्र निर्माता संघ गुहार्न पुगिन् । र्राई अध्यक्ष भएको संघले त उल्टै दिउँसै तरबार बोक्ने निर्माताको उपनाम पाएका रोज रानाको चलचित्र खलनायक पहिला चलाएर मात्र घायलको पालो आउँछ भनेर दिक्कै पारे । चलचित्र पर््रदर्शन गर्न राजनीति हुँदो रहेछ भन्ने तथ्य बुझ्दै गएकी जेनी भन्छिन्- सिनेमाभित्रको राजनीतिक चलखेल एउटी महिला निर्माताको लागि बुझ्नै गाह्रो पर्दाे रहेछ । पुरुष निर्माताहरुको बाहुल्यता रहेको दुवै संघले सहयोग गर्नुको सट्टा उल्टै जालझेल गर्दा रिलिज डेट मात्र जेनीले तीन पल्ट सार्नुपर्यो । २०६४ माघमा रिलिज हुनर्ुपर्ने जेनीको घायल पाँच महिनापछि गत जेठको पहिलो हप्ताबाट रिलिज हुन सक्यो । त्यो पनि माओवादीको भ्रातृ संगठन अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय सदस्य एवम् निर्देशक विमल पौडेलको सहयोगले चलचित्र घायल काठमाडौंमा रिलिज त भयो तर लागत उठाउन सक्छ कि सक्दैन भन्नेमा द्विविधा छ । महिला निर्माता हुनुका कारण उनले पुरुष निर्माता, पर््रदर्शक र वितरकको हेपाहा प्रवृत्ति सहनुपरिरहेको छ । यो पीडा जेनीको मात्र होइन, अन्य महिला निर्माता प्रज्ञा जोशी, लक्ष्मी क्षेत्री, कृषला चौलागाई, मौसमी मल्ल, सुशीला रायमाझी, पुष्पलता आचार्य, रेखा थापा, मेलिना मानन्धर, प्रभा चापागाईंलगायतको पनि हो । नेपाली चलचित्र निर्माणमा अझै पनि पुरुष प्रधान परम्परा कायम रहेको कारण महिला निर्माताहरुले त्यस प्रकारको पीडा खप्न बाध्य हुनुपरेको दाबी चलचित्र सपूत र सम्झनाकी निर्मात्री प्रज्ञा जोशीको रहेको छ । नारी निर्माताको हक-अधिकारका लागि महिला संघ गठन गर्न आवश्यक भैसकेको प्रज्ञाले बताएकी छन् ।
जेनी, प्रज्ञा, कृषला, लक्ष्मीहरु सांगठनिक रुपमा बलियो हुन दिनहुँजस्तो भेटघाटमा व्यस्त हुने गरेका छन् । चलचित्र पर््रदर्शनको बेला मात्र होइन, निर्माणको बेला पनि पुरुष निर्देशक अनि कलाकार प्राविधिकहरुको हेपाइ सहन गर्दछ । त्यस्तो परिस्थितिमा पनि कमजोर बन्न नहुने र त्यसका लागि प्रतिकार गर्न आफूहरु तयार भैसकेको कृषला बताउँछिन् । - श्याम स्मृत |
| |
|
| |
|