|
|
हिट्स अफ द मन्थ अरुणिमालाई रेखाको सुझाव
रेखाका नजिकको साथीका अनुसार एक दिन उदास भावमा अरुणिमाले यसबारे रेखासँग सल्लाह मागिन् । रेखाले चाहिँ आफू स्वयम्ले पाको उमेरका निर्माता छवि ओझासँग बिहे गरेपनि अरुणिमालाई भने ँबूढो मान्छे’सँग बिहे गर्न नहुने सल्लाह दिएकी थिइन् । उनकै साथीका अनुसार यस सम्बन्धमा अरुणिमासामु रेखाको भनाइ थियो ँहेर तँ त मेरो राम्रो साथी होस्, त्यसैले म तँलाई राम्रै सल्लाह दिन्छु ।’ रेखाको सल्लाह थियो ँबूढो मान्छेसँग बिहे गरेर केही फाइदा छैन, केही उपलब्धि छैन । हाम्रो एजको मान्छेले बूढोसँग बिहे गर्नु हुन्न ।’ म्याडम तपाईंको यो ँराम्रो सल्लाह’ तपार्इं स्वयम्को अनुभव हो या अरु केही - त्यो पनि स्पष्ट पारिदिनुहुन्छ कि ?
ऋचाको रहस्यमय हाँसो
केही अगाडिको टेलिभिजन सोमा ऋचा घिमिरेलाई डाकिन् पवनकलिले । ऋचा पनि हाँस्दै रमाउँदै पवनकलीसँगको गफमा मस्त भइन् । सवालै सवालको खेलमा पवनकलीले प्वाक्क सोधिदिइन् ँतपार्इंको फिलिम लाइनमा त खुब सांस्कृतिक कार्यक्रम हुन्छन् रे । तपार्इं चाहिँ सांस्कृतिक कार्यक्रममा कत्तिको सरिक हुनुहुन्छ -’ सवाल पूरा हुँदा नहुँदै ऋचा अट्टाहसपर्ूण्ा हाँसिन् । उनको हाँसो अप्रत्याशित र रहस्यपर्ण लाग्थ्यो । सो हर्ेर्ने दर्शकले कुरै बुझेनन् र ठाने जाबो सांस्कृतिक कार्यक्रममा भाग लिनेबारे सोध्दा पनि ऋचा किन यसरी बेस्सरी हाँसिन् । तर कुरो थियो अर्कै । चलचित्र क्षेत्रमा बन्द कोठाभित्रको गोप्य रोमान्सलाई कोड वर्डको प्रयोग गर्दै सांस्कृतिक कार्यक्रम भन्ने गरिन्छ । ऋचा सामान्यजस्तो लाग्ने यो असामान्य प्रश्नमा हाँस्नुको कारण पनि त्यही थियो । तर पनि सवाल ज्युँका त्युँ छ, साँच्चि ऋचाजी तपार्इं किन त्यस्तरी हाँसेको हँ - यसको रहस्य सबैलाई बुझाइदिने हो कि - बिहे कहिले हनिमुनचाहिँ अहिले
प्रेमी-प्रेमिकाका रुपमा उनीहरुको प्रेम काठमाडौंदेखि दोहासम्म सबैले देखेका छन् । तर उनीहरुको प्रेम यति मात्र होइन, उत्कर्षा पुगेको छ । दुवै जना बिहे गर्न हतारिएका छन् । मंसिरभित्रै उनीहरुको बिहे भयो भने आर्श्चर्य नमाने पनि हुन्छ । तर दुवै जनामा मंसिरसम्म कर्ुन सक्ने धर्ैय तापनि छैन । त्यसैले हिजोआज सीताराम र कुञ्जना एउटै छानामुनि र अझ एउटै कोठामा बस्छन् । कुरो एउटै कोठासम्म पुगेपछि किन कुर्नुपर्यो बिहेको साइत र अरु विधि - हनिमुन नै भइसकेपछि लगनपोते जसरी गरे पनि भो नि । बिहेको साह्रा विधि र विधान पूरा गर्ने झन्झट बेहोर्नुभन्दा एकैचोटि प्रितिभोज ख्वाइदियो, टन्टैै खत्तम । के छ त विचार धुर्मु - आमोई मरें हौ म त । रायमाझीसँग गोप्य सहमति
हुन त अर्पणाले केही चलचित्रमा यसअघि नै काम गरिसकेकी छन् । तर कुनै चलचित्रबाट पनि उनले आफूलाई स्थापित नायिकाका रुपमा उभ्याउन सकेकी छैनन् । त्यसैले एउटा राम्रो निर्देशकको राम्रो चलचित्रमा राम्रो र्रि्रेकको खाँचो छ उनलाई । यो र्रि्रेक निर्देशक रायमाझीले दिने भएका छन् । यही प्रसंगमा रायमाझीले अर्पणालाई कुरा नघुमाइकन सिधै भने ँल यसपालिको फिल्ममा म तिमीलाई चान्स दिन्छु, तर तिमी मसँग घुम्न जानर्ुपर्छ नि ।’ रायमाझीको कुरा सकिँदा नसकिँदै अर्पणाले पनि निसंकोच जवाफ दिइन् ँठीकै छ म तयार छु । तर लेनादेना भनेको एक हातले दिने र अर्को हातले लिने हुन्छ । पहिले तपाईंको फिल्ममा साइन गराउनुस् अनि तपार्इंले जे चाहनुहुन्छ त्यही हुन्छ ।’ नायिका हुनका लागि यस्तो गोप्य सहमति गर्न नवयुवतीहरु आपै+m तयार भएपछि कसको भन्नु के हुन सक्छ र - के हो मिस अर्पणा, इन्टि्रमै रोमान्स -
|