पछि भट्टर्राई गुरपका निर्माता कुटुलाई अरुणिमाले लेखेको चलचित्र भनेर लोभ्याएरै बेचेको हल्ला पनि बजारमा चलेको थियो । तर यस कुरालाई नरेशले ठाडै इन्कार गरेका छन् । नरेशको भनाइमा अरुणिमाको कथा भनेर लोभ्याएर चलचित्र दीपशिखा कुटुलाई बेचिएको होइन । कुटुकै प्रोजेक्ट हो । मात्र उनले निर्देशन गरेका हुन् । अर्काेतिर पाँच वर्षता नरेशले निर्माण तथा निर्देशन गर्ने गरेका पाँच चलचित्रमा अरुणिमा नायिका हुने गरेकी छन् । अरुणिमा र नरेशबीचको निकटतालाई लिएर धेरै हल्ला नचलेको पनि होइन । अरुणिमासँगको निकटताका कारण नरेशको पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको कसैबाट छिपेको छैन । सम्बन्ध विच्छेदपछि नरेशले अरुणिमासँगै विवाह गर्न चाहेका हुन् । तर अरुणिमाले आफ्नो सात वर्षपुराना प्रेमीसँगै विवाह गरेपछि नरेशले पनि तत्काल दोस्रो विवाह गरेका थिए । नरेशको दोस्रो पत्नीबाट एक छोरासमेत भैसकेको छ । अरुणिमा विवाहको तीन वर्षबित्न लाग्दा पनि आमा बनेकी छैनन् । आमा बन्न केही वर्षा लागि ढिला गरिरहेको जानकारी दिन उनी हिचकिचाउँदिनन् । चलचित्र धड्कनमा गडफादर निर्देशक नरेशकै कृपाका कारण अरुणिमाले ँबोल्ड’ भूमिका पाएकी थिइन् । उक्त चलचित्रपछि अर्की बोल्ड नायिका भनेर चिनिएकी रेखा थापासँग अरुणिमाको शीत युद्ध पनि परेको थियो । त्यसपछि सो घटना सामसुम भएर दुवैको पुनर्मिलन भैसकेको छ तर पनि नेपाली सिने जगत्मा दुवै एक अर्काका प्रतिद्वन्द्वीका रुपमा देखिएका छन् । अरुणिमाजस्तै बोल्ड नायिका रेखा थापा पनि नरेशकै खोज हुन् । नरेशकै चलचित्र हिरोमार्फ आठ वर्षगाडि उनले ब्रेक पाएकी हुन् । चलाख रेखाले नरेशकै पार्टनर हिरोका अर्का निर्माता छवि ओझासँग बिहे गरिन् । छविसँगको बिहेबाट रेखाको फिल्मी करिअरमा फलिफाप पनि भयो । पाँच वर्षता रेखा अत्यधिक चलचित्र खेल्ने अग्रपंक्तिकी नायिका बनेकी छन् । रेखा, अरुणिमा र हाल दीपशिखाकी नव बाला नम्रता पनि मोरङकै हुन् । मोरङका बालाहरुसँग काम गर्दा आफूलाई फलिफाप हुने गरेको नरेश गर्वका साथ बताउँछन् । त्यसमध्ये पनि अरुणिमा नरेशकी प्रिय नायिका हुन् । विवाहपछि पनि दुवै बीचको सम्बन्धमा कुनै दूरी पैदा भएको छैन । अझ कतिले त अरुणिमा बिहान बेलुका श्रीमान्को साथमा र दिउँसो नरेशको अड्डामा हुने गरेको देखिन्छ भन्ने गरेका छन् । यस कुरालाई दुवैले निर्देशक र नायिकाको फिल्मी मामलाको विषयमा भेटघाट हुने कुरालाई अर्काे अर्थले हर्ेन नहुने बताउँछन् । - स्मृत
|
| |
|
| |
|