यस अंकमा
  विषय सूची
) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य
 
 

क्यालेन्डरको कचिंगल

सिने फोटोग्राफर राजीव श्रेष्ठले गत जेठ गते र्सार्वजनिक गरेको हट क्यालेन्डरका विषयमा विवाद उत्पन्न भएको यस्तो विवाद फोेटोको विषयलाई लिएर भएको नभै पारिश्रमिकको कुरामा गरिएको हो

फोटोग्राफर श्रेष्ठको नेटनशा डटकमको प्रथम वाषिर्क उत्सवका अवसरमा उक्त वेबसाइटको प्रमोसनका लागि हट क्यालेन्डर निकालिएको हो

यामाहा मोटरसाइकलको नयाँ ब्राण्ड यामाहा ग्यामरले प्रायोजन गरेको उक्त क्यालेन्डरको प्रस्तुतिमा नेटनशा डटकम राखिएको ।सोही क्यालेन्डरमा सजिएका १२ जना नायिका तथा मोडलमध्ये पाँच जना नायिकाले पारिश्रमिकका कुरा उठाएपछि उक्त विवाद खडा भएको हो त्यसरी विवाद उठाउने नायिकाहरुमा ऋचा घिमिरे, उषा पौडेल, सञ्चिता लुइंटेल, अरुणिमा लम्साल झरना थापा हुन् यी पाँच जना नायिकाहरु एकजुट भएर पारिश्रमिकका लागि अदालतसम्म जाने तयारीमा लागेका छन्

ती पाँच नायिकाको नेतृत्व गर्दै रहेकी ऋचा हामी राजीव श्रेष्ठ उसको नेटनशा डट कमका लागि फोटो प्रिm दिन तयार छौं, यहाँ कुरा व्यावसायिकताको आयो भन्दै उनले भनिन्- ँयामाहा ग्याम मोटरसाइकलका लागि क्यालेन्डरमा हाम्रो फोटो प्रयोग गरियो प्रत्येक क्यालेन्डरका पेजमा मोटरसाइकलका कलरसँग मिल्दोजुल्दो हाम्रो फोटो राखियो व्यावसायिक रुपमा हाम्रो फोटो प्रयोग भएपछि त्यसको मोल हामीले मागेका हौं

यस सम्बन्धमा फोटोग्राफर श्रेष्ठ उक्त क्यालेन्डरको प्रायोजन मात्र यामाहाको हो यामाहाले निकालेको क्यालेन्टर नभइकन नेटनशाको मेरो क्यालेन्टर हो भन्छन् श्रेष्ठले अगाडि बताए- ँ२५ वर्षलामो फोटोग्राफीको करिअरमा क्यालेन्टर निकाल्ने मेरो ठूलो सपना थियो त्यो सपना पूरा गर्न मलाई तपाईंहरुको सहयोग चाहिन्छ भनेर अनुमति पनि लिएको थिएँ उहाँहरु सबैबाट मौखिक स्वीकृति पाएको हुँ त्यही विश्वासको भरमा काम गरें तर उनीहरुले उल्टै मलाई विवादमा ल्याए

राजीवको अर्काे आरोप पनि ँत्यो ऋचालाई रजतपटका सञ्चालक प्रकाश सुवेदीले उक्साएको भरमा विवाद उठाइएको हो मेरै उक्त क्यालेन्डर लन्चिङको रिपोर्टिङ गर्न उनले मसँग १५ हजार रुपियाँ मागेका थिए मैले दिन्न भनेपछि सुवेदीले क्यालेन्डरकै एक नायिका शोभिता शिंखडालाई उचाल्न खोजेका थिए तर शोभिताले नमानेपछि ऋचालाई मोहरा बनाएका हुन् थप चार जना नायिका समेटिएर यस प्रकारको विवाद ल्याइएको राजीवको ठहर

ऋचा भने कसैले पनि आफूलाई नउचालेको आफैंले पारिश्रमिकमा शोषण भएको ठहर गरेर उक्त कुरा उठाएको बताउँछिन् उनी भन्छिन्- ँव्यावसायिक प्रयोजनमा हामीलाई प्रयोग गरेपछि त्यसको मोल हामीले पाउनर्ुपर्दछ ऋचाबाहेक अरु चार जना नायिकाहरु खुलेर आएको देखिँदैन एक्लै भए पनि न्यायको लागि लड्ने ऋचाले स्पष्ट भनेकी छन् राजीव भने यो क्यालेन्डर केसले सिने कलाकारको फोटो खिच्ने मन मरिसकेको सुनाउँछन्

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.