यस अंकमा
  विषय सूची
) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य
 
 

बुद्ध ब्रिट्नीको संयोजन

च्चीस सय वर्षगाडि संसारलाई शान्ति अहिंसाको सन्देश दिने गौतम बुद्ध अहिले एक्काइसौं शताब्दीकी हलिउडकी सेक्सी सेल्र्रेटी ब्रिट्नी स्पियर्स मिलन यी दुइबीच तादात्म्य कल्पना गर्न सकिँदैन तर सामान्य मानिसले कल्पना गर्न नसक्ने कुरा एउटा कलाकारको दिमागमा प्रस्फुटन हुन सक्छ यही कल्पनातीत कुरालाई कलाकार रत्नकाजी शाक्यले र्सार्थक रुप दिएका छन्

फेसन अफ बुद्ध (बुद्ध आकृतिहरु) शीषाक उनको एकल कला पर््रदर्शनीमा सजाइएका चित्रहरुमध्ये ब्रिट्नीको पोस्टरमाथि कोरिएको बुद्ध आकृतिले सबैको ध्यान तान्न सफल भएको थियो फालिएका पोस्टर एवम् पोस्टकार्डहरुमा कला सिर्जना गर्ने क्रममा एक दिन ब्रिट्नीको पोस्टर अगाडि आइपर्दा त्यसमै बुद्ध आकृति कोरेको उनी बताउँछन्

त्यसो ब्रिट्नी बुद्धको संयोजन उनले अनायास लहडमा गरेका हैनन् यो संयोजनभित्र एउटा दर्शन दिन खोजेको उनी स्पष्ट पार्छन् सेक्स सिम्बोलका रुपमा परिचित हलिउड गायिका ब्रिट्नी आफ्नो सौर्न्दर्यप्रति गर्व गर्छिन्, उनको सौर्न्दर्यमा लट्ठ पर्ने करोडौंको जमात संसारमा तर जोसुकैको शारीरिक सौर्न्दर्य जवानी क्षणिक हुन्छ, बुद्ध दर्शन ज्ञानको सौर्न्दर्य भने शाश्वत अनित्य हुन्छ भन्ने कुरा आफूले यस चित्रमा व्यक्त गर्न खोजेको अर्थ उनी लगाउँछन्

रत्नकाजी धार्मिक रुपमा बुद्ध धर्मावलम्बी हुन् यस कारण पनि उनी बुद्ध दर्शनप्रति आकषिर्त छन् चित्रमा पनि उनले बुद्ध आकृतिलाई बढी मात्रमा उतार्ने काम गरेका छन् यसअघिको उनको एकल चित्रकला पर््रदर्शनी पनि बुद्धमै केन्द्रित थियो चित्रको विषय समेत बुद्धलाई बनाउने उनले बुद्ध दर्शनको गहिरो अध्ययन पनि गरेका छन् त्यसको अनुभूति पनि गरेका छन्

उनका अनुसार बुद्धका आकृति बनाउने क्रममा मनमा शान्तिको अनुभव हुन्छ खासगरी बुद्धको आँखा बनाउने क्रममा आफूले बढी शान्तिको अनुभव गर्ने गरेको उनी बताउँछन् हत्या, हिंसामा संलग्न व्यक्तिहरुले बुद्ध सम्भिmने गरेका अनि घूस अनियमितता गर्नेहरुले बुद्ध मनन गरेमा अवश्य पनि त्यस्ता कुरामा कमी आउने उनको अनुभव सिद्ध ज्ञान

यस पर््रदर्शनमा आफूले रंग प्रयोगमा नयाँ प्रविधि अपनाएको उनी बताउँछन् त्यो कस्तो प्रविधि हो भन्ने कुराको उनी अहिल्यै खुलासा गर्न चाहँदैनन् अन्य केही काम यस प्रविधिमा गरेपछि औपचारिक रुपमा त्यसको घोषणा गर्ने सोच उनले बनाएका छन् उनको जानकारीमा अहिलेसम्म त्यस प्रकारको प्रविधि कुनै कलाकारले पनि अपनाएका छैनन् क्यानभासमा रंगको प्रयोग ब्रसले नगरे पनि रेखा कोरेर आकृति बनाउने काम भने ब्रसबाटै गरेको जानकारी उनले गराए

रत्नकाजी पहिले क्यानभासमा आफ्नै किसिमले रंग पोत्छन् त्यसपछि थोरै रेखाको प्रयोग गरी बुद्धलाई पहिल्याउँछन् भगवान् जहाँसुकै छन् तर त्यसलाई देख्ने आँखा हुनर्ुपर्छ भन्ने अध्यात्म दर्शनबाट उनी प्रभावित देखिन्छन् जथाभावी पोतिएका रंगमा बुद्धका आकृति पहिल्याउन त्यसका आकृति दिएर अरुलाई पनि देखाउन आफूलाई कुनै समस्या नपर्ने अनुभव उनी सुनाउँछन् ँम भत्केका भित्ता फ्याँकिएका कागजका टुक्रामा पनि बुद्धको रुप देख्छु बुद्ध भक्ति कलाप्रतिको आशक्ति उनी यसरी प्रकट गर्छन्

बुद्धले आफ्नो कुनै मर्ूर्ति नबनाउनु भनेका थिए आफूलाई भगवान् पनि दाबी गरेका थिएनन् तर व्यवहारमा भने यसको विपरित भयो यो कुरा कलाकार रत्नकाजीलाई थाहा नभएको हैन तर उनी बुद्धलाई सम्झने बुद्धमार्गमा लम्किने क्रममा मर्ूर्ति चित्रमा आफूलाई व्यक्त गर्नु बुद्धवचन विपरीत नभएको उनको धारणा ँबुद्धलाई सम्भिmयो भने मान्छे पापकर्मबाट हच्किन्छ, त्यसकै लागि पनि बुद्धलाई मर्ूर्ति चित्रमा आकृति दिनु आवश्यक -उनी भन्छन्

जेठ महिनामा ठमेलस्थित काठमाडौं गेस्ट आउसको आर्ट ग्यालरीमा गरिएको यो कला पर््रदर्शनी व्यावसायिक रुपमा सफल नभए पनि आत्मिक शान्ति दर्शकको प्रशंसाको दृष्टिकोणले उल्लेखनीय रहेको उनी बताउँछन्

- व्याकुल पाठक

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.