गटटट हाँस्दै उहाँले भन्नुभयो- कसले भन्यो तपाईंलाई - तपाईंलाई थाहा छैन शर्माजी, किन भने तपाईं प्रोड्युसर होइन १’
प्रोड्युसर नभएर के भो त कैले काहीं प्रोड्युसरले भनेको त सुनिन्छ नि १ ँभन्नेको मुख कसले थुन्नेे- मेरो चरित्र हत्या गर्न चाहनेलाई भन्न दिनोस् । त्यस्तो कुरा भन्ने मान्छेले प्रमाण देखाउन सक्नर्ुपर्छ । एउटा कुराचाहिँ पक्का हो- प्रोड्युसर डिस्टि्रब्युटरसित म पैसा लिन्छु, तर टेबुलमुनिबाट होइन, टेबुलमाथिबाटै उनीहरुलाई स्पष्ट भनेर लिन्छु १ अर्थात् अरु हलले लिने पैसाभन्दा ५ प्रतिशत बढी लिन्छु पारदर्शी हिसाबले लिन्छु १’ उहाँले भन्नुभयो । बढी लिन पाइन्छ र - मैले सोधें । ँआपसमा समझदारी भएपछि बिजिनेसमा केही रकम घटी-बढी लिनु-दिनु भनेको साधारण कुरा हो । फेरि धेरै जसो मान्छे विश्वज्योति मै फिल्म देखाउन चाहन्छन् ।’ ँकिन र - के छ र तपाईंकोमा त्यस्तो विशेष कुरा - मैले सोधें । उहाँले भन्नुभयो- सबभन्दा मुख्य कुरा त यो हल सेन्टरमा पर्छ । कुनाकानी र गल्ली होइन यो । दर्शकलाई आउन-जान सजिलो छ । अर्काे कुरा हलमा डल्बी साउन्ड फिट गरेको छ तर सम्पर्ूण्ा रुपमा डिजिटल साउन्ड चाहिँ सधैंभरि प्रयोग गर्न पाएको छैन, अर्काे कुरा पिक्चर धेरै क्लियर देखिन्छ १’ साँचि तपाईं त नेपाली फिल्म मात्रै देखाउनुहुन्छ क्यारे १ मैले भनें । ँधेरै भयो, नेपाली फिल्म मात्रै चलाउने गरेको त ०४२ सालदेखि नै हो, कैले काहीं अवसर परेको बेला मात्रै हिन्दी र अंग्रेजी फिल्म पनि देखाउनुपरेको छ ।’ मोहनजीको जबाफ थियो । कुन-कुन हिन्दी र अंग्रेजी फिल्म देखाउनुभयो - ँधेरै अगाडिको त सम्भिmन सक्दिनँ तर २०६१ सालको साउनमा ँअसम्भव’, असोजमा ँतुमसा नहीं देखा’, मंसिरमा ँहलचल’, पुसमा ँअब तुम्हारे हवाले वतन साथियों’ देखाइयो भने माघमा अंग्रेजी फिल्म ँएलियन भर्सेस् प्रिडेटर’ पर््रदर्शन गरियो । २०६१ सालमा १३ वटा नेपाली फिल्म देखाइयो । मैले सोधें- सम्भिmन सक्नुहुन्छ, कुन-कुन नेपाली फिल्म देखाउनुभयो - १३ वटै सबै त कुन्नि...धर्मात्मा, मितिनी, उपहार, कर्तव्य, शिवशक्ति, र्समर्पण, चट्टान, बाजी, हामी तीन भाइ, वसन्त ऋतु, अग्निपथ, राम -लक्ष्मण...।’ उहाँले सम्भिmने कोसिस गर्दै भन्नुभयो । ँशर्माजी, विश्वज्योतिले एक वर्षा १५-१६ वटाभन्दा बढी फिल्म चलाउन सक्दैन, सबै नेपाली फिल्म विश्वज्योतिले मात्रै कसरी धान्न सक्छ, भन्नोस् त अरुले पनि देखाउनु पर्दैन -’ अनि, २०६१ पछि...-
उहाँसितको कुराकानीबाट मलाई थाहा भयो, मोहन सराफ २०४३ सालदेखि हालसम्म नेपाल चलचित्र संघको कार्यकारी समितिमा अविच्छिन्न रुपमा सदस्य रही आउनुभएको रहेछ । २०४६ सालदेखि २०४७ सालसम्म चलचित्र संघको कोषाध्यक्ष पदमा, २०५७ देखि ०५९ सालसम्म पर््रदर्शन समितिको सभापति पदमा रहनुका साथै उहाँ २०६१ सालदेखि हालसम्म संघको उपाध्यक्ष पदमा कार्यरत रहनुभएको रहेछ । उपरोक्त कुराका साथै के पनि थाहा भयो भने विश्वज्योति सिनेमा हलको पुरानो भवन भत्काएर नयाँ भवन २०४१ सालमा निर्माण गरेपछि ०४२ सालदेखि पर््रदर्शन थालनी भएको रहेछ । अब चाँडै नै विश्वज्योति हलको वर्तमान परिसरमा दर्ुइ वटा हलको निर्माण हुने कुरा पनि उहाँले मलाई बताउनुभयो जहाँ अत्याधुनिक प्रविधिका उपकरणको नयाँ व्यवस्था गरिने भएको रहेछ । उहाँको भनँइअनुसार नयाँ भवनमा अन्य आधुनिक व्यावसायिक पसलहरुको पनि व्यवस्था गरिने भएको छ । बाहिर अझै पानी थामिएको थिएन । मैले कुराको सिलसिला अगाडि बढाएँ- तपाईंहरु हलवाला र प्रोड्युसरबीच केही मनोमालिन्य भएजस्तो सुनिन्छ, खास के भएको हो, बताउनोस् न - मोहनजीले भन्नुभयो- व्यक्तिगत रुपमा मेरो कसैसित पनि कुनै प्रकारको मनोमालिन्य छैन । |