विषय सूची
) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य
 
 

विश्वज्योतिमा एक भण्टा

लक्ष्मीनाथ शर्मा

कुरा हो, गत वैशाख २३ गतेको असनतिरबाट घर फर्किनलाई जमलको आकाशेपुल पार गर्दै थिएँ, घनघोर पानी पर्न थाल्यो गाडी नभेटेर दुगुदै विश्वज्योति सिनेमा हलको गेटमुन्तिर ओत लाग्न उभिएँ बाहिरतिर कताबाट हो कुन्नि हलमालिक मोहन सराफजी पनि पानीबाट जोगिन दुगर्ुदै त्यहीं आइपुग्नुभयो

 

ओहो शर्माजी, पानी नरोकिउन्जेल माथि अफिसमा गएर बसौं यहाँ किन उभिनुहुन्छ - उहाँले भन्नुभयो। त्यसपछि हामी मोहनजीको अफिस कोठामा बसेर चिया खाँदै गफ गर्न थाल्यौं ।कुरै कुरामा मैले ठाडै सोधें, मोहनजी, तपाईं प्रोड्युसरसित टेबुलमुन्तिरबाट पैसा लिएर मात्रै फिल्म चलाउनुहुन्छ रे यो राम्रो भएन नि ...

गटटट हाँस्दै उहाँले भन्नुभयो- कसले भन्यो तपाईंलाई - तपाईंलाई थाहा छैन शर्माजी, किन भने तपाईं प्रोड्युसर होइन

प्रोड्युसर नभएर के भो कैले काहीं प्रोड्युसरले भनेको सुनिन्छ नि ँभन्नेको मुख कसले थुन्नेे- मेरो चरित्र हत्या गर्न चाहनेलाई भन्न दिनोस् त्यस्तो कुरा भन्ने मान्छेले प्रमाण देखाउन सक्नर्ुपर्छ एउटा कुराचाहिँ पक्का हो- प्रोड्युसर डिस्टि्रब्युटरसित पैसा लिन्छु, तर टेबुलमुनिबाट होइन, टेबुलमाथिबाटै उनीहरुलाई स्पष्ट भनेर लिन्छु अर्थात् अरु हलले लिने पैसाभन्दा प्रतिशत बढी लिन्छु पारदर्शी हिसाबले लिन्छु उहाँले भन्नुभयो

बढी लिन पाइन्छ - मैले सोधें

ँआपसमा समझदारी भएपछि बिजिनेसमा केही रकम घटी-बढी लिनु-दिनु भनेको साधारण कुरा हो फेरि धेरै जसो मान्छे विश्वज्योति मै फिल्म देखाउन चाहन्छन्

ँकिन - के तपाईंकोमा त्यस्तो विशेष कुरा - मैले सोधें

उहाँले भन्नुभयो- सबभन्दा मुख्य कुरा यो हल सेन्टरमा पर्छ कुनाकानी गल्ली होइन यो दर्शकलाई आउन-जान सजिलो अर्काे कुरा हलमा डल्बी साउन्ड फिट गरेको तर सम्पर्ूण्ा रुपमा डिजिटल साउन्ड चाहिँ सधैंभरि प्रयोग गर्न पाएको छैन, अर्काे कुरा पिक्चर धेरै क्लियर देखिन्छ

साँचि तपाईं नेपाली फिल्म मात्रै देखाउनुहुन्छ क्यारे मैले भनें

ँधेरै भयो, नेपाली फिल्म मात्रै चलाउने गरेको ०४२ सालदेखि नै हो, कैले काहीं अवसर परेको बेला मात्रै हिन्दी अंग्रेजी फिल्म पनि देखाउनुपरेको मोहनजीको जबाफ थियो

कुन-कुन हिन्दी अंग्रेजी फिल्म देखाउनुभयो -

ँधेरै अगाडिको सम्भिm सक्दिनँ तर २०६१ सालको साउनमा ँअसम्भव, असोजमा ँतुमसा नहीं देखा, मंसिरमा ँहलचल, पुसमा ँअब तुम्हारे हवाले वतन साथियों देखाइयो भने माघमा अंग्रेजी फिल्म ँएलियन भर्सेस् प्रिडेटर पर््रदर्शन गरियो २०६१ सालमा १३ वटा नेपाली फिल्म देखाइयो

मैले सोधें- सम्भिm सक्नुहुन्छ, कुन-कुन नेपाली फिल्म देखाउनुभयो -

१३ वटै सबै कुन्नि...धर्मात्मा, मितिनी, उपहार, कर्तव्य, शिवशक्ति, र्समर्पण, चट्टान, बाजी, हामी तीन भाइ, वसन्त ऋतु, अग्निपथ, राम -लक्ष्मण... उहाँले सम्भिmने कोसिस गर्दै भन्नुभयो ँशर्माजी, विश्वज्योतिले एक वर्षा १५-१६ वटाभन्दा बढी फिल्म चलाउन सक्दैन, सबै नेपाली फिल्म विश्वज्योतिले मात्रै कसरी धान्न सक्छ, भन्नोस् अरुले पनि देखाउनु पर्दैन -

अनि, २०६१ पछि...-

२०६२ सालमा ँसहारा भन्ने एउटा मात्रै विदेशी फिल्म देखाउनुपर्यो त्यस वर्षजम्मा २३ वटा नेपाली फिल्म देखाइयो भने २०६३ सालमा ँचुपकेचुपके नामक एउटा हिन्दी चलाइयो ०६३ मा १३ वटा नेपाली सिनेमा चलाइयो ०६४ मा अहिलेसम्म हिन्दी चलचित्र चलाउनुपरेको छैन वास्तवमा हामीले नेपाली फिल्म इन्डष्ट्रिसलाई अगाडि बढाउने हो भने नेपाली फिल्मलाई नै प्राथमिकता दिनर्ुपर्दछ विश्वज्योतिको यस्तो निर्णय०४२ सालदेखि नै भएको हो- मोहनजीले भन्नुभयो

उहाँसितको कुराकानीबाट मलाई थाहा भयो, मोहन सराफ २०४३ सालदेखि हालसम्म नेपाल चलचित्र संघको कार्यकारी समितिमा अविच्छिन्न रुपमा सदस्य रही आउनुभएको रहेछ २०४६ सालदेखि २०४७ सालसम्म चलचित्र संघको कोषाध्यक्ष पदमा, २०५७ देखि ०५९ सालसम्म पर््रदर्शन समितिको सभापति पदमा रहनुका साथै उहाँ २०६१ सालदेखि हालसम्म संघको उपाध्यक्ष पदमा कार्यरत रहनुभएको रहेछ

उपरोक्त कुराका साथै के पनि थाहा भयो भने विश्वज्योति सिनेमा हलको पुरानो भवन भत्काएर नयाँ भवन २०४१ सालमा निर्माण गरेपछि ०४२ सालदेखि पर््रदर्शन थालनी भएको रहेछ अब चाँडै नै विश्वज्योति हलको वर्तमान परिसरमा दर्ुइ वटा हलको निर्माण हुने कुरा पनि उहाँले मलाई बताउनुभयो जहाँ अत्याधुनिक प्रविधिका उपकरणको नयाँ व्यवस्था गरिने भएको रहेछ उहाँको भनँइअनुसार नयाँ भवनमा अन्य आधुनिक व्यावसायिक पसलहरुको पनि व्यवस्था गरिने भएको

बाहिर अझै पानी थामिएको थिएन

मैले कुराको सिलसिला अगाडि बढाएँ- तपाईंहरु हलवाला प्रोड्युसरबीच केही मनोमालिन्य भएजस्तो सुनिन्छ, खास के भएको हो, बताउनोस् -

मोहनजीले भन्नुभयो- व्यक्तिगत रुपमा मेरो कसैसित पनि कुनै प्रकारको मनोमालिन्य छैन