यस अंकमा

   विषय सूची

) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य

 

 

अब्बल श्रेया

आठ वर्षघि निर्देशक संजयलीला भंसालीले चलचित्र देवदासमा ऐश्वर्या रायका लागि गीत गाउन अफर गर्दा बंगाली बाला श्रेया घोषाल १८ वर्षी थिइन् अहो उनलाई कस्तो लाग्यो होला, जब हम दिल दे चुके सनमका निर्देशक देवदासका लागि उनलाई गीत गाउन लगाउन फोनमा उनको जवाफ पर्खिरहेका थिए। त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ, उनले भनेकी छन्, मेरो सपना पूरा हुँदै थियो ।हो, उनले गीत गाउने भइन्

यो सन् २००० को मार्च तारिखको कुरा हो, जब उनी अडिसनका लागि गइन् एकदम नर्भस थिइन् उनलाई गीत रेकडिङ गर्नुअघि एक पल्ट रिहर्सल गर्न भनिएको थियो उनी देवदासको बैरी पिया गीत गाउँदै थिइन्

 उनीले आखा बन्द गरिन् बीचमा कतै नअड्की गीत गाउन थालिन्, एक खालको बेहोसीमै जब उनले आँखा खोलिन्, वातावरण एकदम शान्त थियो रेकर्डिङ कोठाबाहिर मानिसहरु उत्सुक थिए तर जब संजयलीला भंसालीले उनलाई रिहर्सलका लागि गाएको गीत नै रेकर्डिङ गरिएको बताए, उनी असाध्यै खुसी भइन्

यो उनको शुरुआत थियो, त्यसपछिका दिनमा उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन देवदास फिल्म हिट भयो नै, उनको गीत इन्डियन चार्टमा असाध्यै राम्रो रह्यो त्यसपछि उनका लागि फिल्ममा गाउने अफर भरमार आउन थाले ऐश्वर्याका लागि गीत गाउने एउटा सपना पूरा भयो किन भने ऐश्वर्या उनकी मनपर्ने कलाकार थिइन् ऐश्वर्याका लागि गाउँदै छु भन्ने कुराले पनि एकदमै उत्तेजित हुन्थें, उनले भनेकी छन्, देवदासको सुटिङ सेटमा मैले उनलाई भेट्दा उनी असाध्य नम्र थिइन् संजयलीला भंसाली मलाई लता मंगेशकरका गीत गाउन लगाउँथे, त्यतिबेला ऐश्वर्या पनि टुप्लुक्क आइपुग्थिन् गीत सुन्नलाई

चलचित्रका उनको पार्श्व गायनमा संजयलीला भंसालीकै जत्तिको हात संगीतकार इस्माइल दरबारको पनि , जो देवदासका संगीत कम्पोजर थिए बलिउडमा नाम चलाएका उदित नारायण, कविता कृष्णमर्ूर्ति, जसपिन्दर नरुला, केके पण्डित बिर्जु महाराजसँग काम गर्नु उनका लागि एउटा सपना नै थियो उनले कवितासँग डोला रे डोलामा सँगै गीत पनि गाइन्

राजस्थानको कोटा नजिक रावतभाटामा हुर्किएकी श्रेयाले अहिलेको ठाउँसम्म आइपुग्न संर्घष्ाचाहिँ गरिन् न्युक्लियर पावर कर्पोरेसन अफ इन्डियामा काम गर्ने न्युक्लियर इन्जिनियर बाबु साहित्यमा स्नातक गरेकी आमाकी छोरी उनले चार वर्षो उमेरदेखि हार्मोनियमसँग खेल्न थालेकी थिइन् छोरीको संगीतमा रुचि देखेर उनका बाबुआमाले उनलाई सानै उमेरमा कोटाको हिन्दुस्तानी क्लासिकल म्युजिक सेन्टरमा महेशचन्द्र शर्मासँग संगीत सिक्न भर्ना गराइदिए बाल गायिकाका रुपमा उनले सारेगामापामा पहिलो भइन् त्यसमा निर्णायक रहेका भारतीय चर्चित संगीतकार कल्याणजी आनन्दजीले श्रेयाका बाबुआमालाई छोरीको संगीत करिअरका लागि मुर्म्बईमा बस्न आग्रह गरेपछि उनीहरु मुर्म्बई बसाइँ सरे त्यसपछि डेढ वर्षम्म कल्याणजीले उनलाई संगीतको शिक्षा दिए त्यसबीचमा पनि श्रेयाले शास्त्रीय संगीत भने सिक्न छाडिनन्

वयस्क कलाकारका रुपमा दोस्रो पटक सारेगामापामा भाग लिएपछि उनी निर्देशक संजयलीला भंसालीको नजरमा परेकी थिइन् त्यसपछि उनको जीवनको मोड नै बदलियो

उनले यसबीचमा ६५ भन्दा बढी बलिउड फिल्मका सयौं गीतमा आफ्नो स्वर दिइसकेकी छन् बलिउडमा चलेका अनु मलिक, एआर रहमान, एमएम क्रिम, शंकर एहसान लोय, प्रितम, विशाल शेखर, मानो मुथजस्ता संगीत निर्देशकसँग काम गरिसकेकी छन् यसबाहेक उनले बंगाली, तामिल, तेलगु, मलयालम, कन्नड, मणिपुरी, मराठी भोजपुरीजस्ता क्षेत्रीय भाषाका चलचित्रका लागि पनि गीत गाइसकेकी छन्

देवदासको बैरी पिया, डोला रे डोला, जिस्मको जादु है नशा है परिणिताको पियु बोले, पहेलीको अपने आसु पीने के लिए, गुरुको बर्र्सों रे जब वी मेटको इस्क हाएजस्ता आफ्ना चर्चित गीतका लागि विभिन्न अवार्ड पाइसकेकी छन् देवदास रिलिज भएको सन् २००२ मै उनले महिला पार्श्व गायनतर्फनेसनल अवार्ड पाएकी थिइन् त्यसै वर्षडोला रे डोलाका लागि फिल्म फेयर अवार्ड पाइन् उनले देवदास पहेलीका लागि दुइ पटक नेसनल देवदास, जिस्म गुरुका लागि तीन पटक फिल्म फेयर अवार्ड हात पारिन्

कुनै समय कविता कृष्णमर्ूर्ति, अल्का याग्निक, सुनिधि चौहान, साधना सरगमका गीत गुन्गुनाउने श्रेयाले अहिले बलिउडमा यी गायिकाको समकक्षमा आफ्नो स्थान बनाइसकेकी छन् सन् २००८ का लागि आइफा अवार्डमा महिला पार्श्व गायनतर्फमनोनयनमा परेका पाँचमध्ये चार वटा उनैले गाएका गीत परेका छन् छोटो समयमा उनले लामो फड्को मारिसकेको यसले पनि पुष्टि गर्छ

बैरी पियादेखि जादु है नशा है इस्क हाएजस्ता सबै खाले गीत सजिलै गाउन सक्ने हुनाले पनि उनी बलिउडमा धेरै संगीत निर्देशकको रोजाइमा पहिलो नम्बरमा पर्दै आएकी छन् बीएसम्मको पढाइ सकेकी उनले अब एम एचाहिँ साहित्यमा गर्ने विचार गरेकी छन् आफूलाई मन पर्ने विषय साहित्य भएको हुनाले उनले यसमा पढ्न रुचि