enNepal.com City Guide Online Shopping website
News of Nepal .: Another name for accuracy, balance and Credibility :.

 

पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !

 

छोट्करी

Social Campaign Ads

 

 

घरहरा

कागको पछिपिछ

कागको पछिपिछ

Photo Of The Day

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

राशी

Currency Convertor

Time Zone

 

 

Foreign Exchange Rate


  • Buy
  • Sell
  •  Riyal
  • 20.00
  • 20.77
  •  USD
  • 75.00
  • 75.60
  •  Singapure Dollar
  • 55.25
  • 55.69
  •  China
  • 11.02
  • 11.11
  •  India
  • 160.00
  • 160.15
    बाँकि »

सून चाँदिको मुल्य


  • ग्राम
  • दर
  •  असल चाँदी
  • 12
  • 569.00
  •  छापावाल सुन
  • 12
  • 36502.00
  •  तेजाबी सुन
  • 12
  • 36292.00

 

 

eXTReMe Tracker

होमपेज » साधना »

| More

लाओसमा स्वास्थ्य सेवा

लाओसमा स्वास्थ्य सेवा लाओसमा पनि नेपालका कतिपय गाउँघरका महिलालाई जस्तै बाहिरका लोग्ने मानिससँग बोल्न लाज लाग्छ । त्यसमा पनि कतिपय ठाउँमा भाषा भिन्नाभिन्नै रहेछ । गाउँका महिलाले लाआ भाषा बुझ्दैनन् । त्यसैले त्यहाँ स्वास्थ्य शिक्षा दिन पनि समस्या परेको त्यहाँका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यहाँका महिलाका स्वास्थ्यको विषयमा दोभाषेको माध्यमबाट कुराकानी गर्दा मलाई नेपालकै समस्याबारेमा सुनिरहेजस्तो लाग्यो । ँहामीकहाँ महिलाले घरबाहिर अलि पर बनाइएको एउटा सानो घरमा गएर बच्चा पाउँछन् । उनीहरु पहिले-पहिले प्रायः एक्लै हुन्थे, अहिलेचाहिँ आमा र सासूहरुले मद्दत गर्छन् ।’ लाओसकी ५० वषर्ीया मर्ेइले यी कुरा बताउँदा मलाई नेपालकै अच्छामको घटना सुनेको हो कि जस्तो भयो । मैले भनें- ँहाम्रो देशको सुदूरपश्चिमका महिलालाई पनि महिनावारी हुँदा र बच्चा पाउँदा गाईगोठ वा सानो झुपडीमा राख्छन्, अनि अपवित्र भनेर अरुले छुँदैनन् ।’ मेरा कुरा सुनेर उनीहरु पनि छक्क परे ।

लाओसको दक्षिण सहर सेरेभानको ताओई, सामोयका गाउँ-गाउँमा जाँदा नेपाल र लाओसमा समानता भएको थाहा पाइयो । यसै कारणले गर्दा त्यहाँको मातृमृत्युदर पनि नेपालकै जस्तो उच्च छ । साथै त्यहाँ प्रजनन स्वास्थ्यका अनेक समस्याहरु पनि छन् ।

म लाओसमा २००९ अक्टोबर महिनामा पुगेकी थिएँ । सेप्टेम्बरको अन्त्यमा त्यहाँ ँकेटसना’ नामको आँधीबेरी आएको थियो । त्यसले झन्डै ३ लाख मानिसको जीवन अस्तव्यस्त पारेको थियो । जताततै केटसना नामको आँधीले भत्काएका घरहरु देखिन्थे । कतिपय ठाउँमा रहेका स्वास्थ्य चौकीहरु पनि भत्किएकाले बच्चालाई लगाइने विभिन्न खोपहरु लगाउन व्यवधान पुगेको थियो । अशिक्षा, गरिबी, भाषागत समस्या, चेतनाको कमीले स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरु थिए । स्वास्थ्य सेवा लिन पनि उनीहरुलाई कठिनाइ भएको पाइयो ।

समर्ेइ, ताओई गाउँमा हामीले स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाएर महिलाको प्रजनन स्वास्थ्यलाई पर््रवर्द्धन गर्न महिनावारीको बेलामा प्रयोग गर्ने स्यानिटरी प्याड बाँडेको त कति जना महिलाले त्यो के हो भन्ने थाहा पाएनन् । एक ठाउँमा मुख पुछ्ने भन्ने ठानेर एक जनाले अनुहार पुछेको पनि देखियो । त्यसपछि बुझ्दै जाँदा गाउँघरका महिलाले महिनावारी हुँदा दैनिक प्रयोग गर्ने लाओ र्स्कर्ट -लुँगीजस्तो कपडा) दुइ वटा बर्ेदा रहेछन् । भित्री पोशाक लगाउने चलन नभएकोले महिनावारी हुँदा समस्या पर्ने, हिँड्न अप्ठ्यारो हुने, शरीरबाट नराम्रो गन्ध आउने, चिलाउने आदि समस्या भएको थाहा पाइयो । लाओसका गाउँघरमा स्वयंसेवी स्वास्थ्यकर्मी लोग्ने मानिसहरु नै भएकाले महिलाले उनीहरुलाई आफ्नो समस्या भन्दैनन् । नेपालमा पनि पुरुष स्वास्थ्यकर्मीलाई गाउँका महिलाले लाज मानेर आफ्नो व्यथा भन्दैनन् र पाठेघर खस्नेजस्तो समस्या बोकी दशौं वर्षम्म सहेर बसेका हुन्छन् ।

हुन त नेपालको तुलनामा लाओसको जनसंख्या निकै कम छ । जम्मा ६० लाख जनसंख्या छ लाओसको । संसारको अति कम जनघनत्व भएको देश हो लाओस । ६० प्रतिशत मानिस बौर्द्धधर्म मान्छन् र ३० प्रतिशत जति एनिमिज्म ९ब्लimष्sm० धर्म मान्छन् । मुस्लिम र क्रिश्चियत धर्म मान्नेहरु थोरै छन् । विशेष गरी दक्षिण लाओसका गाउँघरमा अझै पनि परिवार नियोजनका साधनको बारेमा ज्ञान छैन । कन्डम बाँडेको केही समयपछि गाउँमा गएर सोध्दा थोरैलाई मात्र यसको बारेमा सुनेको र प्रयोग गरेको थाहा भयो । सामोईको एउटा गाउँमा त केही लोग्ने मानिसले कन्डमलाई कपाल धुने साधन भनेर नदीको किनारामा गई कपाल नुहाउन खोलेको कुरा पनि थाहा भयो ।

परिवार नियोजनको ज्ञानको अभावले लाओसका गाउँघरका महिलाले धेरै सन्तान जन्माउँछन् तर नेपालमा जस्तो छोराछोरीमा भेदभाव गर्ने चलन रहेनछ । सेरेभान सहरकी चितम्नी नामकी नर्स मसँग काम गर्थिन् । उनको विवाहपछि श्रीमान् उनको घरमा आए । धेरैजसो ठाउँमा यही चलन रहेछ, दुलाहा नै दुलहीको घरमा जाने । दाइजोको पनि चलन छैन । बरु दुलाहापट्टकिा मानिसले नै दुलहीका आमाबाबुलाई विवाहको लागि खर्च भनेर पैसा र उपहार दिँदा रहेछन् । परिवारमा छोरा-छोरीबीच भेद नभएकाले भारत र नेपालका केही ठाउँमा जस्तो पेटको बच्चा छोरी भन्ने थाहा पाउनासाथ गर्भपतन गरिँंदैन । गर्भपतनले कानुनी मान्यता पनि पाएको छैन । ँकतिपय ठाउँका किशोरीहरु भने गर्भपतन गरेर अस्पतालमा भर्ना हुन्छन् तर हामीसँग खासै तथ्यांकचाहिँ छैन’ -डा. किनले भनेका थिए ।

लाओसमा मुख्य बाली धान हो र प्रायः सबैले भात, तरकारी, माछा खान्छन् । यहाँका ग्रामीण बस्तीमा जंगली मुसा, बिरालो, चरा आदि पनि खाने गरिन्छ । मुसा, भ्यागुतोचाहिँ प्रायः सबै ठाउँमा खान्छन् । ँयसको मासु कुखुराको जस्तै हुन्छ’, एक जना विदेशी सहकर्मी आलानले भनेका थिए । महिला डाक्टरहरुको कमी र गाउँघरमा डाक्टर नजाने चलन नेपालको जस्तै भएकाले त्यहाँ पनि बिरामी भएपछि भूत मन्छाउने काम धामीले गर्दा रहेछन् । भूतप्रेत, आत्मामा त्यहाँका मानिसले पनि विश्वास गरेर अस्पताल लैजानुभन्दा पहिले पूजा गराउने चलन रहेछ ।

मेकोङ नदीले उब्जाउ भूमि बनाएको लाओस शान्तिपर्ूण्ा देश हो । शिक्षा, स्वास्थ्यका मापदण्डहरु नेपालमा जस्तै त्यहाँ निकै कम छन् । त्यहाँका गाउँमा लोग्ने मानिस र स्वास्नी मानिसहरु दुवैले चुरोट, तमाखु, बिँडी र हुक्का तान्ने गर्दा रहेछन् । सम्पूर्ण स्वास्थ्यकर्मीहरुको पनि चुरोट खाने बानी रहेछ । अस्पतालमा स्वास्थ्यकर्मीले चुरोट खाएको देखिन्थ्यो । ँयसले बेफाइदा गर्छ नि १’ भन्दा उनीहरुले भने- ँखोई कसरी नखाई बस्न सकिन्छ -’

क्षयरोगले लाओसमा पनि हाम्रो देशमा झैं जरो गाडेको छ । ँचुरोट र क्षयरोगको सम्बन्ध छ भन्ने कुरा स्वयंसेवकदेखि स्वास्थ्यकर्मीलाई पनि थाहा रहेनछ । ँआमाले चुरोट खाँदा गर्भको बच्चालाई पनि नराम्रो असर पर्न सक्छ भन्दै मैले स्वास्थ्यकर्मीहरुलाई चुरोटले बिगारेकोे फोक्सोको डरलाग्दा चित्र देखाएँ । साथै सबै स्वास्थ्यकर्मीलाई भोलिपल्ट यसको बारेमा छलफल गर्नुपर्छ भनें । तर दोस्रो दिन त त्यो चित्र नै हरायो । मेरो सहायक मेइले भनिन्- ँस्वास्थ्यकर्मीहरु यस्तो चित्र हेन चाहँदैनन्, त्यसैले लुकाइदिएँ ।’ यो कुरा सुनेर मलाई नमज्जा लाग्यो । ँतर के गर्ने, उनीहरुको बानी सुधार्न सकिन्न’ -मेइले भनिन् ।

डा. अरुणा उप्रेती


अन्य समाचार

Leave a comment