ताप्लेजुङ र तेह्रथुममा दुई दलित महिला निर्विरोध



नेपाल समाचारपत्र, काठमाडौं ।
स्थानिय तहको निर्वाचनका लागि अन्यको उम्मेदवारी नपरेपछि सुदुर पुर्वी जिल्ला ताप्लेजुङ र तेह्रथुममा काँग्रेस तर्फका दुई दलित महिला निर्विरोध निर्वाचित भएका छन् ।

ताप्लेजुङमा दोस्रो चरणको निर्वाचनका लागि मिक्वाखोला गाउँपालिका–३, लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएकी हुन् । उनि नेपाली काँग्रेस तर्फबाट दलित महिला सदस्यमा उठेकि थिईन् ।

लछिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

यस्तै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार विजुलीमाया शङ्कर निर्विरोध निर्वाचित भएकी छिन् । सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शङ्कर निर्विरोध निर्वाचित भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए ।

सो वडामा एउटा मात्रै दलित घरधुरी भएकाले शङ्करको एकल उम्मेदवारी परेको हो । यसपालिको स्थानीय निर्वाचनमा ताप्लेजुङ कि विश्वकर्मा र तेह्रथुमकि शङ्कर जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन भएका हुन् ।

कानुनी रुपमै हरेक वडाबाट एकजना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि दलित समुदायका महिला नेतृत्वमा पुग्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्